बङ्गालमा परिवर्तन निश्चित छ, पहाडका जनताले पनि भाजपालाई साथ दिनेछन् - परलात सिंह पटेल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, February 22, 2021

बङ्गालमा परिवर्तन निश्चित छ, पहाडका जनताले पनि भाजपालाई साथ दिनेछन् - परलात सिंह पटेल

गफसफ.com, 22  फरवरी 2021, कालेबुङ ।

भारतीय जनता पार्टीले कालेबुङको मेला ग्राउण्डबाट परिवर्तन यात्रा आरम्भ गरेको छ। यस अवसरमा केन्द्रिय मन्त्री परलात सिंह पटेल, भाजपा राज्य उपाअध्यक्ष भारती घोष, सांसद राजु बिष्ट, सयानतन बासु, गोरामुमो अध्यक्ष मन घिसिङ, दार्जीलिङ बिधायक निरज जिम्बा उपस्थिति थिए।


“परिवर्तन यात्रा बङ्गालभरी निस्किरहेको छ। बङ्गालमा यसपल्ट परिवर्तन निश्चित छ। पहाडका जनताले पनि परिवर्तनको निम्ति भारतीय जनता पार्टीलाई साथ दिने निश्चय गरिसकेको छ” – केन्द्रिय मन्त्री परताल सिंहले भने। उनले यसभन्दा अघि तृणमूल सरकारले परिवर्तन यात्राको अनुमति नदिए पनि बङ्गालको जनताले राज्यमा परिवर्तन चाहेको कारण अब यो परिवर्तनको लहरलाई रोक्न नसक्ने पनि उनले दाबी गरे।

परिवर्तन यात्रा आरम्भ हुनभन्दा अघि मेला ग्राउण्डमा जनतालाई सम्बोधन गर्दै केन्द्रीय मन्त्री सिंहले भारतीय जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशलाई अघि बडाउने कार्य गरिरहेको दाबी गर्दै यहाँको समस्याको पनि निश्चित समाधान गर्ने आश्वासन दिए।

यता जनसभालाई सम्बोधन गर्ने क्रममा भाजपा केन्द्रीय प्रवक्ता एंव सांसद राजु विष्टले गोर्खाहरूको समस्याको समाधानको पक्षमा धेरै कार्य भएको बताए। “भाजपाले आफ्नो संकल्प पत्रमा वाचा गरेको सबै पुरा गर्नेछ। यसकारण गोर्खाहरूको समस्याको समाधान पनि भारतीय जनता पार्टीले नै गर्नेछ” – सांसद राजु विष्टले भने।

राज्यको तृणमूल सरकारले जनतालाई केवल डरको वातावरण सिर्जना गरेर ढाँटको राजनीति गरिरहेको आरोप लगाउँदै पश्चिम बङ्गाल पुलिसमा गोर्खा बटालियन बनाउने सन्दर्भमा केवल झुटो कार्य गरेको आरोप लगाए। यसक्रममा उनले गोजमुमो नेता विमल गुरुङले आफुलाई राजीनामा दिनु भनेको सन्दर्भमा बोल्दै भने – “म जतिदिनसम्म सांसद रहनेछु त्यतिञ्जेल गोर्खाहरूको समस्याको समाधान गरेर छाड्नेछु। आजसम्म भाजपाले धेरै कार्य गरेको छ अनि सबै समस्याको समाधान भाजपाले नै गर्ने कुरामा म विश्वस्त रहेको छु’ ।

जनसभालाई भाजपाका अन्य नेताहरूले पनि सम्बोधन गरेका थिए भने सम्बोधनको क्रममा सबैले नै तृणमूल कङ्ग्रेस पार्टीको आलोचना मात्र गरे। सभा पछि उक्त परिवर्तन यात्रा कालेबुङबाट दार्जीलिङ प्रस्थान गर्ने कार्य सम्पन्न भयो।

No comments:

Post a Comment

Post Bottom Ad