जीटीए प्राथमिक टेट परिक्षा : हामी गोजीबाट आफ्नो मान्छे छान्दै नियुक्ति पत्र बाँड्दैनौँ – छिरिङ दाहाल (भिडियो सहित) - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, February 11, 2021

जीटीए प्राथमिक टेट परिक्षा : हामी गोजीबाट आफ्नो मान्छे छान्दै नियुक्ति पत्र बाँड्दैनौँ – छिरिङ दाहाल (भिडियो सहित)

गफसफ.com, 12 फरवरी 2021, कालेबुङ ।

जीटीए अधिनस्त जिल्ला पाठशाला परिषदको आयोजनामा पहिलोपल्ट सम्पन्न हुन लागिरहेको प्राथमिक टेट परिक्षामा कुनै पनि भाइ-भतिजावाद नहुने जिल्ला पाठशाला परिषदकी अध्यक्षा छिरिङ दाहालले दाबी गरेकी छन्। आगामी 14 फरवरीका दिन सम्पन्न हुन लागिरहेको टेट परिक्षाको तयारी सम्बन्धमा जानकारी लिन कालेबुङ आएकी दाहालले पत्रकारहरूलाई सम्बोधन गर्दै आफुहरू निष्पक्ष रूपले टेट परिक्षा गराउन लागिपरेकी दाबी गरिन्।


“दार्जीलिङ पहाडमा अहिलेसम्म टेट परिक्षा हुन सकेन। जसको कारण हाम्रा पढेका बेरोजगार भाइ बहिनीहरूले रोजगारको अवसर पाएनन्। हामी अब ती पढेका भाइ बहिनीहरूलाई टेट परिक्षा निष्पक्ष आयोजना गरेर रोजगारको बाटो खोल्न चाहन्छौँ” छिरिङ दाहालले भनिन्। उनले पहाडमा वितेका दिनहरूमा शिक्षा जस्तो क्षेत्रमा पनि गोजीबाट नियुक्ति पत्र बाँड्ने कार्य भएको भन्दै “हामी कसैलाई गोजीबाट नियुक्ति पत्र वितरण गर्दैनौँ’ भने।

‘जीटीए टेट पूर्णरूपले एन.सी.टी.ले तयार पारेको मापदण्ड अनुसार हुनेछ। हामी नियमबाट बाहिर जानेछैनौँ’ दाहालले परिक्षार्थीहरूलाई आश्वस्त पार्दै भनिन्। यद्यपी अप्रशिक्षितहरूले पनि टेट परिक्षामा आवेदन भर्न पाएको अनि उनीहरूको शैक्षिक योग्यता भएको खण्डमा परिक्षामा बस्ने अवसर भने पाउने उनले बताइन्। ‘हाम्रा ठाउँमा पर्याप्त प्रशिक्षण केन्द्रहरूको अभावमा प्रशिक्षित प्रार्थीहरू धेरै छन् भन्ने हामीलाई लागेको छैन। यसकारण अप्रशिक्षिर प्रार्थीहरूलाई पनि हामीले मौका दिएका छौँ। तर, यो पनि एनसीटीकै नियमभित्र रहेर गरेका छौँ’ छिरिङ दाहालले भनिन्।

“विगतमा यहाँको व्यवस्था कस्तो थियो भन्ने सबैलाई थाह भएकै छ। हामी एनसीटीको नियम अनुसार काम गर्दैछौँ अनि आफ्नो र परायलाई चेप्ने कार्य हुँदैन। हामी पहाडको शैक्षिक गरिमालाई फर्काएर ल्याउने कार्यमा लागिपरेका छौँ” दाहालले भनिन्। उनले समाजको धरातल बलियो बनाउन शिक्षक योग्य हुनैपर्ने आवश्यक्ता रहेको कारण आफुहरू निष्पक्ष अनि योग्य प्रार्थीले शिक्षक जस्तो पेशामा मौका पाओस् भनेर टेट परिक्षा गर्न लागिरहेको भन्दै यदि शिक्षक नै सही नियुक्ति भएन भने समाजको धरातल नै बिग्रने उनले बताए। यसक्रममा उनले बितेको समयमा गोजीबाट आफ्ना मान्छेहरूलाई नियुक्ति पत्र बाँड्ने कार्य भएको आरोप लगाउँदै आफुहरूको समयमा पटक्क त्यस्तो कार्य नहुने पनि उनले दाबी गरिन्।

“हामी पहाडमा गुणात्मक शिक्षाको बिकास गर्नमा ध्यान दिइरहेका छौँ। यसैकारण आर.टी.ई. कानुन र एनसीटीईको नियम अनुसार नै हामी नियुक्ति कार्य गरेर योग्य प्रार्थी छान्नेछौँ’ दाहालले भनिन्। उनले एनसीटीईले तयार पारेको नियम अनुसार नै टेट परिक्षा आयोजना गरेर नियुक्ति गर्ने दाबी गरेपनि एनसीटीईकै नियममा अप्रशिक्षित प्रार्थीहरूले आवेदन समेत भर्न नपाउने हुँदा हुँदै पनि जीटीए टेट परिक्षामा भने अप्रशिक्षितहरूले आवेदन बुझाउन पाएको सन्दर्भमा आफ्नै प्रकारको स्पष्टिकरण दिएकी छन्।

“हामीले एनसीटीएकै नियम अनुसार टेट परिक्षा हुनेछ भनेर सूचनामा नै लेखेका छौँ। यो सन्दर्भमा चाणक्यले भनेजस्तै जस्ले विश्वास गर्दैन उसलाई स्पष्टिकरण दिनु आवश्यक छैन’ भनिन्। तर, उनले यति भने पनि अप्रशिक्ष्त प्रार्थीहरूले आवेदन बुझाएर परिक्षा दिन पाइरहेको कुरा स्वीकार भने गरिन् अनि “यो एनसीटीकै नियम भित्र छ” भनिन्।

 

No comments:

Post a Comment

Post Bottom Ad