राज्यव्यापी अस्थायी विद्युत कर्मीहरूले डाकेको बन्द शान्तिपूर्ण पालन; भोलि दोस्रो दिन पनि बन्द जारी रहने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, February 2, 2021

राज्यव्यापी अस्थायी विद्युत कर्मीहरूले डाकेको बन्द शान्तिपूर्ण पालन; भोलि दोस्रो दिन पनि बन्द जारी रहने

गफसफ.com, 2 फरवरी 2021, कालेबुङ ।

वेतन वृद्धी, रोजगारको ग्यारेण्टी, समान कार्य-समान वेतन लगायत अन्य मागहरू गर्दै पश्चिम बङ्गाल राज्यव्यापी अस्थायी विद्युत कर्मीहरोले डाकेको बन्द आज कालेबुङ डिभिजन अधिनस्त रहेका पाँचैवटा विद्युत उपभोक्ता केन्द्रहरू क्रमैले कालेबुङ, पेदोङ, सिञ्जी, टिस्टा अनि मङ्पू उपभोक्ता केन्द्रहरूमा शान्तिपूर्ण पालन गरिएको छ। अस्थायी विद्युत  कर्मीहरू विहान आ-आफ्ना कार्यलयमा उपस्थित बनेपनि उनीहरूले आफ्नो कार्य भने गरेनन्।


यसक्रममा कार्यलयमा स्थायी विद्युत कर्मचारीवर्गले भने कार्य गरे भने अस्थायी विद्युत कर्मीहरूलाई भने कार्य गराउने विभागीय पक्षबाट सक्दो दबाउ दिने कार्य भएको थियो। यद्यपि अस्थायी कर्मीहरूले भने राज्यव्यापी बन्दको पहिलो दिन कुनै कार्य गरेनन्। यस अवधी कार्यलयमा कुनै अशान्ति सिर्जना हुनसक्ने सम्भावनालाई मध्यनजर राखेर पुलिस बल पनि तैनाथ गरिएको थियो भने बन्द पूर्णरूपले शान्तिसँग पालन गरियो।


राज्यव्यापी अस्थायी विद्युत कर्मीहरूले दुई दिवसीय डाकेको बन्दको पहिलो दिन ठाउँ-ठाउँमा विद्युत सर्वराह विभिन्न कारणहरूले ठप्प हुँदा स्थायी कर्मचारीवर्गलाई विभागले कार्यमा सक्रिय गरेको थियो। यसका साथै विद्युत विभागमा ठेकादारहरूलाई विभागले तैनाथ राख्ने कार्य गरेको थियो भने ठेकादारहरूले आफ्ना अधिनस्त रहेका कर्मकारीवर्गलाई मनोवैज्ञानिक दबाउ दिने कार्य गरेका थिए।

पश्चिम बङ्ग राज्य विद्युत चुक्ति विक्ती औ ठिका कर्मी एकता मञ्च-को आयोजनामा राज्यव्यापी डाकेको दुई दिवसीय विद्युत हड्तालको पहिलो दिन कालेबुङ डिभिजन अधिनस्त रहेका पाँचवटै उपभोक्ता केन्द्रहरूमा सफलतासँग पालन गरिएको सङ्गठनको कालेबुङ शाखाका अध्यक्ष मनोज रावतले जानकारी दिएका छन्। उनले बन्दमा सम्पूर्ण विद्युत अस्थायी कर्मीहरूले समर्थन गरेर कार्य नगरेको बताउँदै बन्द पूर्णरूपले शान्तिसँग सम्पन्न भएकोमा सबैप्रति आभार प्रकट गरेका छन्।

“विद्युत विभागका अस्थायी कर्मीहरूले हरेक समय उपभोक्ताहरूलाई सेवा दिने कार्य गरिरहेका छन्, तर आजसम्म अस्थायी कर्मचारीवर्गले भने उचित वेतनसम्म पाएका छैनन्। यसैकारण समान कार्य-समान वेतन, स्थायीकरण, वेतन बडोत्तरी जस्ता मागहरू लिएर दुई दिवसीय बन्द डाकिएको हो अनि यस बन्दलाई कालेबुङ, पेदोङ, सिञ्जी, टिस्टा अनि मङ्पू उपभोक्ता केन्द्रमा सफतासँग पालन गरिएको छ। सरकारले हाम्रो मागलाई सुनेर न्याय दिने माग गर्छौँ अनि भोलि दोस्रो दिन पनि हामी अस्थायी विद्युत कर्मीहरू यो बन्द पान गर्नेछौँ” मनोज रावतले भने।

No comments:

Post a Comment

Post Bottom Ad