नेशनल पिपल्स पार्टीले गोर्खाहरूको सपनालाई साकार पार्न कटिबद्ध भएर कार्य गर्नेछ - जेम्स पी. साङ्मा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, February 23, 2021

नेशनल पिपल्स पार्टीले गोर्खाहरूको सपनालाई साकार पार्न कटिबद्ध भएर कार्य गर्नेछ - जेम्स पी. साङ्मा

गफसफ.com, 23  फरवरी 2021, कालेबुङ ।

‘नेशनल पिपल्स पार्टी (एनपीपी) का नेता पी. एस साङ्माले सन् 2014 मा नै संसदमा यहाँको मुद्दालाई उठाएका हुन्। आज म उनको छोरा हुनाको नाताले अनि पार्टीको पक्षबाट यहाँका मानिसहरूको छुट्टै राज्यको मुद्दालाई पूर्णरूपले समर्थन गर्छौँ अनि यो मुद्दालाई पार लगाउन एनपीपीले प्रतिवद्ध भएर कार्य गर्ने कटिबद्धता प्रकट गर्दछु’ – उक्त कुरा नेशनल पिपल्स पार्टी (एनपीपी) का महासचिव जेम्स पी. साङ्माले आज कालेबुङमा भनेका हुन्।


दुई दिवसीय कालेबुङ भ्रमणमा आइपुगेका  नेशनल पिपल्स पार्टी (एनपीपी) का महासचिव जेम्स पी. साङ्माले आज यहाँको मारवाड भवनमा आयोजिक पार्टीको सभालाई सम्बोधन गरेका थिए। यसक्रममा उनले आफ्नो पार्टी एनपीपी गोर्खाहरूको मुद्दाको पक्षमा रहेको खुलेर बताए।

उनले चुनावको समयमा एकाधिक राजनैतिक पार्टीहरू आउँछन् अनि झुटो आश्वासन दिएर चुनाव सकेको भोलिपल्ट हराउने गरे पनि एनपीपी पूर्ण रूपले यस क्षेत्रवासीको पक्षमा डटेर उभिने पनि आश्वस्त गरे। ‘एनपीपी पूर्ण रूपले यस क्षेत्रवासीको पक्षमा डटेर उभिनेछ अनि यहाँका मानिसहरूको सपनालाई साकार पार्ने कार्य गर्नेछ। यो सपनालाई साकार पार्न सम्पूर्ण उत्तरपूर्वी क्षेत्र र उत्तर बङ्गालबाटै एकबद्ध आवाज उठ्नुपर्छ। हामी एक भएर नै यो सपनालाई साकार पार्नेछौँ’ साङ्माले भने।

उनले एनपीपी झुटो आश्वासन दिने पार्टी होइन भन्दै कतिपय मानिसहरूले आफूहरूलाई भाजपाको बी टिम भन्ने आरोप लगाउने गरेको भन्दै उक्त कुरा केवल मानिसहरूमा भ्रम फैलाउन कतिपयले गर्ने गरेको बताए। यसक्रममा उनले आगामी दिनमा सम्पन्न हुने बङ्गाल बिधानसभा चुनावमा आफ्नो पार्टीले पनि यस क्षेत्रबाट प्रत्याशी खडा गर्ने विषयमा चर्चा गरिरहेको खुलस्त पारे।

‘यो आउँदो विधानसभा चुनावमा यहाँबाट एनपीपीले आफ्नो प्रत्याशी खडा गर्ने विषयमा चर्चा गरिरहेको छ अनि हामी जनताको चाहानालाई बोकेर नै राजनैतिक कार्यहरू गर्नेछौँ” –एनपीपी-का महासचिव जेम्स पी. साङ्माले भने।

उनले आफ्नो सम्बोधनको क्रममा यहाँको भौगोलिक क्षेत्र र यहाँका मानिसहरूको संस्कार, संस्कृति अलग्गै भएको अनि यहाँका मानिसहरू पनि जनजाति भएको कारणले यस क्षेत्रलाई एनपीपीले उत्तरपूर्वी काउन्सिलमा समावेश गर्नलाई कार्य गर्ने पनि बताए। यसक्रममा आफ्नो पार्टीले बङ्गालबाट छुट्टै व्यवस्थाको निम्ति अनि यहाँका गोर्खाहरूको दीर्घकालिन मागलाई साकार बनाउन पार्टीले जोडदार कार्य गर्ने पनि साङ्माले दाबी गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad