विमल गुरुङप्रति वर्षिए सांसद राजु विष्ट: भने - दिल्ली पुगेपछि हाम्रा नेताहरूलाई गोर्खाल्याण्ड होइन पैसा मात्रै चाहिन्छ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, February 23, 2021

विमल गुरुङप्रति वर्षिए सांसद राजु विष्ट: भने - दिल्ली पुगेपछि हाम्रा नेताहरूलाई गोर्खाल्याण्ड होइन पैसा मात्रै चाहिन्छ

गफसफ.com, 23  फरवरी 2021, दार्जीलिङ ।

“हाम्रा पहाडका ठूलो दाई, माइला दाई र साइँला दाई अर्थात् तीनवटै दाईहरूले पहाड मासिरहेका छन्” – उक्त कुरा दार्जीलिङ लोकसभा सांसद एवम् भाजपा राष्ट्रिय प्रवक्ता राजु विष्टले आज दार्जीलिङमा भनेका हुन्। उनले पहिलोपल्ट राजनैतिक मञ्चबाट एकै वाक्यमा विमल गुरुङ, विनय तामङ र अनित थापाको नाउँ नलिई तीनैजनाले पहाडलाई अवनतीको बाटोमा लगिरहेको आरोप लगाउँदै उनले अझ भने –“एक होस् कि दुई होस्, दुइवटैले पहाडलाई ठगेका छन्।”


उनले भाजपाले सुरु गरेको यात्रा पहाडलाई बचाउने यात्रा रहेको दाबी गर्दै अहिलेसम्म पहाड-तराई डुवर्सले केहि पाउन सकेको छैन भने त्यो जनताको कारणले नभएर नेताको कारणले रहेको आरोप समेत लगाए।  ‘हामीले आजसम्म केहि नपाएको कारण पहाड तराई डुवर्सको जनता होइन नेताको कारणले गर्दा हो। हाम्रा नेताहरू दिल्ली पुगिसक्दा पैसा मात्र चाहिन्छ गोर्खाल्याण्ड होइन। दिल्लीमा केवल पैसा मात्र खोज्छ, अनि यहाँ आएर केही दिएन भन्छ। मैले भेद खोलेको दिन सबै उदाङ्गो पारिदिनेछु। यतिसम्म कति नम्बरको जुत्ता लगाउँछ त्यो पनि सार्वजनिक गर्दिनेछु’ सांसद राजु विष्टले पहिलोचोटी विमल गुरुङप्रति कटाक्ष गर्दै भने।

सांसद विष्टले दार्जीलिङ सम्पूर्ण भारतभरीका गोर्खाहरूको एउटा मुकुट हो भन्दै यहाँका नेताहरूले भने देशभरीका गोर्खाहरूलाई धोका दिने कार्य भएको बताए। “आज भाजपालाई दोष दिने कार्य गर्छ तर सहिद कसले बनाएका हुन्?” उनले प्रश्न गरे। यसक्रममा उनले विमल गुरुङहरू आज ममता ब्यानर्जीसँग मिलेर राजनीति गर्नु थियो भने सन् 2017 मा आन्दोलन गरेर किन सहिद बनायौँ भनि उनले प्रश्न तेर्साए।

“म पीपीसको मुद्दालाई समाधान गर्नेछु। यो गोर्खाको छोराले गरेरै छाड्नेछ” सांसद राजु विष्टले अझ भने “एघार जनजातिको मुद्दा पनि समाधान हुनेछ। यो मुद्दालाई चुनावसँग जोडेर हेर्नु हुँदैन। यो दुईवटै समस्याको समाधान भाजपाले नै गर्नेछ”।

 

No comments:

Post a Comment

Post Bottom Ad