जनजातिको मान्यता देऊ, होइन भने भोट वहिष्कार गर्नेछौँ - युनाइटेड इन्डिजेनियस गोर्खा कम्युनिटी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, February 23, 2021

जनजातिको मान्यता देऊ, होइन भने भोट वहिष्कार गर्नेछौँ - युनाइटेड इन्डिजेनियस गोर्खा कम्युनिटी

गफसफ.com, 23  फरवरी 2021, कालेबुङ ।

युनाइटेड इन्डिजेनियस गोर्खा कम्युनिटी अनि कालेबुङ कृषक कल्याण सङ्गठनले आज कालेबुङको त्रिकोण पार्कमा गोर्खा समुदायका 11 जात गोष्ठिलाई झट्ट जनजातिको मान्यता दिनुपर्ने माग गर्दै साङ्केतिक धर्ना आयोजना गरेको थियो। भाजपा सरकारले आजसम्म गोर्खाहरूलाई आश्वासन मात्र दिएको भन्दै अब ‘आश्वासन होइन जनजातिको मान्यता देऊ’ भन्दै उक्त साङ्केतिक धर्ना सम्पन्न भएको थियो।


“केन्द्रको भाजपा सरकारले गोर्खा समुदायका एघार जात गोष्ठिलाई जनजातिको मान्यता दिने भन्दै बारम्बार आश्वासन दिँदै आएको छ। यसबारे प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाह आफैले समेत घोषणा गरेका हुन्। यसकारण अब गोर्खाहरूलाई आश्वासन होइन जनजातिको मान्यता देऊ भन्ने हाम्रो माग छ’- युनाइटेड इन्डिजेनियस गोर्खा कम्युनिटीका सचिव बिनिता राईले भनिन्। उनले अझ भनिन् –“जनजातिको मान्यता यो 2021को चुनाव अघि नै देऊ, होइन भने हामी जनजातिको मान्यता नदिए चुनाव बहिष्कारको कार्य समेत गर्न पछि हट्दैनौँ’।

राईले धर्नाको क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै भाजपाका नेताहरूले नै 2021 बङ्गाल बिधानसभा अघि एघार जनजातिको समस्या समाधान गर्छु भनेर घोषणा गरेको स्मरण गराउँदै भाजपा नेताहरूले आफ्नो वचन पुरा गर्नुपर्ने माग गरिन्। बारम्बार गोर्खाहरूलाई आश्वासन मात्र दिने गरेको कारण यसपल्ट गोर्खाहरूलाई आश्वासन नचाहिएको पनि उनले स्पष्ट पारिन्।

यता धर्नामा सहभागी भएका कालेबुङ कृषक़ कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले पनि पत्रकारहरूसँग कुराकानी गर्दै भाजपाले गोर्खाहरूको पर्मनेन्ट पोलिटिकल सल्युसन अनि एघार घोर्खा समुदायलाई जनजातिको मान्यता दिने आश्वान दिए पनि आजसम्म भाजपाले यसबारे ठोस कार्य नगरेको आरोप लगाए। “हामीलाई भाजपाले आश्वासन मात्र दियो यसकारण हामीले आज भाजपा सरकारले ठोस निर्णय लियोस् भनेर यो साङ्केतिक धर्ना गरेका हौँ” विष्णु छेत्रीले भने।

उनले गोर्खाहरूको मुद्दा चुनावसँग सम्बन्ध नरहे पनि भारतीय जनता पार्टीले भने बङ्गाल विधानसभा अघि गोर्खाहरूको समस्या समाधान गर्ने आश्वासन दिएर मुद्दालाई चुनावसँग जोड्ने कार्य गरेको पनि आरोप लगाए। यसक्रममा उनले गोर्खाहरू अघिबाटै जनजाति रहे पनि त्यस जनजातिको मान्यतालाई खोस्ने कार्य भएको भन्दै आफुहरूले आफ्नो अधिकार मागिरहेको बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad