जीटीए टेट परिक्षा : 'पैसा दिनुहोस्, पेशागत प्रमाणपत्र र नियुक्ति पत्र लिनुहोस्' भन्ने भाइरल अडियोले मच्चियो खलबली - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, February 4, 2021

जीटीए टेट परिक्षा : 'पैसा दिनुहोस्, पेशागत प्रमाणपत्र र नियुक्ति पत्र लिनुहोस्' भन्ने भाइरल अडियोले मच्चियो खलबली

गफसफ.com, 4 फरवरी 2021, कालेबुङ ।

जीटीएले प्राथमिक शिक्षक नियुक्ति गर्नका निम्ति आयोजना गर्न लागिरहेको टेट परिक्षाको निम्ति पैसा लिएर नियुक्ति गराउन सक्छु भनि कमल थापा नाम गरेको शिक्षकको दाबी गरेको अडियो भाइरल बनेपछी जीटीए टेट हुन अवागै विवादमा परेको छ। रोहिनीको एक प्रधान अध्यापक भनी अडियोमा दाबी गर्ने कमल थापा नाम गरेको उक्त व्यक्तीले आफु ‘हाम्रो गोर्खा न्यूज’ सँग जडित रहेको दाबी समेत अडियोमा गरेका छन्।


    स्मरण रहोस्, पश्चिम बङ्गाल सरकारले विगत 2014 मा आयोजना गरिएको प्राथमिक टेट उतिर्ण परिक्षार्थीहरूलाई नियुक्ति गर्ने प्रक्रिया अघि बडाउने कार्य गरिसकेको छ। यस्तो अवस्थामा जीटीए क्षेत्रमा बसोवास गर्ने प्रार्थीहरूलाई लिएर भने जीटीएले आगामी 14 फरवरीको दिन प्राथमिक टेट आयोजना गर्ने भएको छ। जसको अनलाइन फारम भर्ने कार्य भइरहेको छ। यस्तो अवस्थामा जीटीए टेट हुन अगावै प्रार्थीहरूबाट मोटो रकमको पैसा उठाएर नियुक्ति दिलाउन सक्ने कमल थापा नामक शिक्षकको दाबी गरिएको अडियोले जीटीए टेट परिक्षा शंकाको भुँवरीमा फसेको छ।

“काम चैँ म पक्का गर्छु ....। म रोहीनीको हेडमास्टर हो अनि म मिडिया पनि गर्छु.... हाम्रो गोर्खा न्युज पनि गर्छु तर कसैलाई धोका दिने काम गर्दिन। काम म पक्का गर्छु.... डेड दुई महिना समय लाग्छ। अनलाइन फारम भर्दा डीएलएडमा टिक गरेर 2015-2017 को सेसन लेख्नु। त्यो लेख्यौ भने सर्टिफिकेट म दिलाइदिनेछु” भाइरल अडियोमा उक्त शिक्षकले भनेका छन्। 

यसका साथै उनले जीटीट टेट पसिक्षामा उक्त प्रार्थीलाई केवल परिक्षामा लेख्ने सुझाव दिँदै परिक्षा दिएपछि नियुक्ति पत्र दिलाउने आफ्नो कार्य रहेको भन्ने आश्वस्त समेत गराएका छन्। यसक्रममा उनले उक्त डीएलएड –को सर्टिफिकेट एन.आई.ओ.एस. मार्फत् दिलाउने अनि हालमा आफुसँग20 जना प्रार्थीहरूले उक्त डीएलएड कोर्स गर्नका निम्ति रहेको पनि बताउँदै डीएलएड गरेकाहरूलाई शिक्षक नियुक्तिमा पहिलो प्राथमिकता हुने पनि उनै कमल थापा नाम गरेको व्यक्तिलेबताएका छन्।

जीपीटिओ केन्द्रिय समितिको म उप-अध्यक्ष समेत रहेको दाबी गर्ने उक्त कमल थापाले जीटीए प्राथमिक शिक्ष नियुक्ति गर्नका निम्ति विमल गुरुङ मार्फत् प्रार्थीहरूको सूची राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पठाएर नियुक्तिगर्ने पनि दाबी गरेका छन्। यसक्रममा उनले उक्त प्रार्थीलाई तीनलाख रूपियाँ लाग्ने अनि उक्त रकम अगावै भुक्तान गर्नुपर्ने पनि स्पष्ट पारेका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad