जीटीए प्राथमिक शिक्षक नियुक्ति : कमल थापा विरुद्ध प्राथमिकी दर्ता, विनय तामङले भने –“शिक्षाको क्षेत्रमा भ्रष्टचार गर्ने यस्ता अपराधीहरूलाई झट्ट कार्वाही गर्नुपर्छ” - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, February 4, 2021

जीटीए प्राथमिक शिक्षक नियुक्ति : कमल थापा विरुद्ध प्राथमिकी दर्ता, विनय तामङले भने –“शिक्षाको क्षेत्रमा भ्रष्टचार गर्ने यस्ता अपराधीहरूलाई झट्ट कार्वाही गर्नुपर्छ”

गफसफ.com, 4 फरवरी 2021, कालेबुङ ।

जीटीए टेट परिक्षामा बस्ने परिक्षार्थीबाट तीन लाख थापेर नियुक्ति गर्छु भनि दाबी गर्ने कमल थापा विरुद्ध जीटीए जिल्ला शिक्षा बोर्डले दार्जीलिङ सदर थानामा प्राथमिकी दर्ता गरेको छ। सामाजिक सञ्जालमा पैसा थापेर डीएलएड सर्टिफिकेट दिलाउने अनि टेट परिक्षा बस्नेलाई तीन लाख दिए शिक्षक नियुक्ति पत्र दिलाउन सक्ने शिक्षक कमल थापालाई झट्ट कानुनी कार्वाही गर्नुपर्ने प्राथमिकीमा माग गरिएको छ।


    उक्त घट्ना पछि यता गोजमुमो विनय गुटका अध्यक्ष विनय तामाङले शिक्षाको क्षेत्रमा भ्रष्टचार गर्ने यस्ता अपराधीहरूलाई झट्ट कार्वाही गर्नुपर्ने माग गरेका छन्। ‘शिक्षा जस्तो पवित्र माध्यमलाई धाँधलीको अखडा बनाउनु महाअपराध हो। जीटिएको प्राथमिक शिक्षण विषयहरूमा नियुक्ति तथा शिक्षक तालिम विषयमा खर्साङ निवासी जो पेशागत  शिक्षक हुन अनि राजनैतिक  तौरमा गोजमुमो विमल खेमाका हुन - उनले खुलेआम डीएलइडी कोर्सको निम्ति एक लाख पाँच हजार अनि शिक्षक नियुक्तिको निम्ति तीन लाख मागेको अडियो टेप सार्वजनिक भएका छन् । अब यस 14 मिनट 21 सेकेन्डको अडियोको फरेन्सिक जाँच गरिएको हुनुपर्छ अनि यस अडियोमा यस गिरोहको सरगनाहरूको नामहरूपनि कमल थापाले भनेकोले उनीहरूमाथि जाँच साथ साथै कानुनी प्रावधान लागु गरिएको हुनुपर्छ’ – विनय तामङले भनेका छन्।


    जीटीए प्रशासन, दार्जिलिङ पुलिस प्रशासन, दार्जिलिङ जिल्ला प्रशासन, जिल्ला स्कुल बोर्ड अनि शिक्षा विभाग, पश्चिम बङाल सरकारले यस विषयमा पुर्ण गम्भीरताको साथमा कानुनी कार्यवाही गरेको हुनुपर्छ भन्दै तामङले अडियोमा परिक्षार्थी भएर बोल्ने युवतीलाई सुरक्षा प्रदान गर्नुपर्ने माग पनि गरेका छन्। ‘जो वहिनीको अडियो टेपमा हुनुहुन्छ वहाँ अनि वहाँको परिवारलाई पुलिस प्रशासनले सुरक्षा प्रदान गरेको हुनुपर्छ  । यस विषयमा हेलचेक्राइ भए वा यो कुरालाई भित्रभित्र दबाउने कोशिष गरे म मैदान उत्रिनेछु’ विनय तामङले भनेका छन्।

 उनले विगत 2008 को अन्तदेखि 2017 को शुरूवातसम्म दार्जिलिङ पहाडमा भ्रष्टाचारले सीमा नाघेको थियो भन्ने आरोप लगाउँदै अब फेरि पुरानै मानसिकता बोकेर आएकाहरूले यस्ता भ्रष्टाचारको गिरोह सन्चालन गरेर माफिया राज  फैलाइरहेको आरोप लगाएका छन्। “दार्जिलिङ पहाडलाई भ्रष्टाचार मुक्त बनाउनुपर्छ भन्ने मेरो ध्येय थियो तर आजको यस घटनाले दार्जिलिङ पहाड भ्रष्टाचारको विरामीले ग्रस्त भएको प्रमाणित भयो। अझ यस्ता गिरोहहरू अरू क्षेत्रहरूमापनि हुनसक्छ। प्रशासनले अब गिद्धे नजर राखेको हुनुपर्छ। यदि कोहीपनि यस्ता भ्रष्टाचारहरूमा सम्मिलित छन् भने कडाभन्दा कडा कानुन लागेको हुनुपर्छ। जति लिने दोषी हुन्छ त्यति नै दिनेपनि दोषी हुन्। अब दार्जिलिङ पहाडमा Enforcement Directorate Income Tax Department ले सन्दिग्ध व्यक्तिहरूमाथि जाँच अभियान चलाएको हुनुपर्छ’ तामङले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad