जीटीए प्राथमिक टेट : कमल थापाले जुन काम गरे शिक्षण पेशा माथि कलङ्क हो - पूर्ण बहादुर राई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, February 5, 2021

जीटीए प्राथमिक टेट : कमल थापाले जुन काम गरे शिक्षण पेशा माथि कलङ्क हो - पूर्ण बहादुर राई

गफसफ.com, 5 फरवरी 2021, दार्जीलिङ ।

हिल तराई प्राइमरी टिचर एशोसिएसनले एक पत्रकार सम्मेल आयोजना गरेर जीटीए प्राथमिक टेट परिक्षामा पैसा लिएर नियुक्ति गर्ने कमल थापाको भाइरल अडियो सम्बन्धलाई शिक्षण पेशमाथि ठूलो कलङ्क भनेको छ। सङ्गठनका महासचिव पूर्ण बहादुर राईले कतिपय शिक्षकहरूले शिक्षण पेशालाई कलङ्क लगाउने कार्य गरेको आरोप लगाएका छन्। 

पूर्ण बहादुर राई

‘पहाडमा प्रथम पल्ट, ऐतिहासिक टेट परीक्षा सम्पन्न हुनु गइरहेको छ। अहिले परीक्षा हुनु पनि पाएको छैन, हाम्रा शिक्षण पेशामा रहेका साथीहरुले, आफू शिक्षक भएर पनि शिक्षण पेशाको निम्ति कलङ्क थोपी दिनु भएको छ। शिक्षक नियुक्तिको प्रक्रियामा कालो धब्बा लगाई दिनु भयो। HTPTA पूर्ण रूपले प्राथमिक शिक्षा अनि शिक्षकको हितको निम्ति काम गर्नको निम्ति गठन भएको संगठन हो। तर यहाँ साथीहरुले प्राथमिक शिक्षा अनि शिक्षकको हितको काम गर्नु त होइन शिक्षक नियुक्तिको एजेन्सी पो खोल्नु भएछ। यो राम्रो होइन’ पूर्णबहादुर राईले भने।

 यसक्रममा कमल थापाको भाइरल अडियोको घट्नालाई उनको दुर्भाग्यपूर्ण बताउँदै उनको कार्यको हामी घोर भत्सर्ना जनाउँछौ भने। ‘उहाँको गिरोहको जति पनि सदस्यहरु छन्, जस्तै कमल थापाले कालिम्पोङको एकजना सरको नाम लिएका छन्, त्यसरी नै दार्जीलिङ, मिरिक तिर पनि होला। दार्जीलिङ शिक्षा बोर्डको प्राथमिकी दर्ताको आधारमा पुलिस प्रशासनले यो गिरोहको सदस्यहरूलाई पक्रेर समाजमा उनीहरूको कार्यलाई उदाङ्गो पारिदिनु पर्छ भन्ने पनि हाम्रो माग छ’ पूर्णबहादुर राईले भने। 

No comments:

Post a Comment

Post Bottom Ad