कालिझोडा नजिक भयावह सडक दुर्घट्ना : एउटा वाहनका चालक गाडीभित्रै जलेर खरानी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, January 29, 2021

कालिझोडा नजिक भयावह सडक दुर्घट्ना : एउटा वाहनका चालक गाडीभित्रै जलेर खरानी

गफसफ.com, २९ जनवरी २०२१, कालिझोडा। 

राष्ट्रिय राजमार्ग १०  अन्तर्गत कालिझोडा नजिक भयावह  सडक दुर्घटनामा एक चालकको वाहन भित्रै जलेर मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आज बिहानीपख २ बजेतिर कालिझोडा नजिक कालिखोला पूलमा दुईवटा वाहन सोझै ठोकन्दा वाहनमा आगो लागेको थियो। जसको कारण एकजना चालकको घटना स्थलमै मृत्यु भएको छ।


आसामदेखि जोर्थाङतर्फ गइरहेको एल डि ओ तेल टेङ्कर अनि सिक्किमदेखी सिलिगुडीतर्फ गैरहेको दवाइ गाडी (कन्टेनर) SK 01 D 3477 एक अर्कासित ठोकिँदा टेङ्करमा आगो लागेको थियो। टेङ्करमा आगो लागेपछी दुवै वाहनलाई  आगोले आफ्नो चपेटमा लिएको हो। अचानक दुईवटा वाहन ठोक्किएर आगो लागेपछी टेङ्करका चालकअनि खलासी गाडीदेखी बाहिर निस्केर भाग्न सफल भएका थिए। जसको कारण दुवैको ज्यान भाग्यले बाँचेको छ। यता  कन्टेनरको चालक भने वाहनमै चेप्टीएको कारण वाहनदेखी बाहिर निस्कन सकेन । जसले गर्दा कन्टेनरको चालक वाहन मै जलेर खरानी बनेका छन्। 

उक्त दुर्घटना भएको खबर पाउनासाथ नजिकै एनएचपिसीका अग्नि समन विभाग टोली घटना स्थलमा पुगेर गाडीको आगो निभाउने प्रयास गरिएको थियो। तर एलडिओ तेलको कारण आगोलाई नियन्त्रणमा ल्याउन सकिएन । पछि घट्नाको जानकारी पाएर सालुगडाबाट पनि अर्को अग्नि समन विभागको वाहन आएर दुवै तर्फबाट लगातार आगो निभाउने कार्य भए पनि आगोलाई नियन्त्रणमा ल्याउँदासम्म दुइटै गाडी सम्पुर्ण रूपले जलेर खरानी बनेको थियो। 

No comments:

Post a Comment

Post Bottom Ad