अस्थायी विद्युत कर्मीहरूलाई लिएर कालेबुङमा सभा; 22 जनवरी विद्युत भवनअघि हजारौँ अस्थायी विद्युत कर्मीहरू भेला हुने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, January 17, 2021

अस्थायी विद्युत कर्मीहरूलाई लिएर कालेबुङमा सभा; 22 जनवरी विद्युत भवनअघि हजारौँ अस्थायी विद्युत कर्मीहरू भेला हुने

गफसफ.com, 18 जनवरी 2021, कालेबुङ।  

विद्युत विभागमा विभिन्न एजेन्सीहरू मार्फत् कार्यरत कन्ट्र्याकच्युअल कर्मीहरूको वेतनवृद्धी, विद्युतकर्मीको मान्यता, निर्धारित उमेरसम्म रोजगारको पूर्ण ग्यारेन्टी आदि विषहरूलाई लिएर कालेबुङ डिभिजन अन्तरगत रहेका पाँचवटा उपभोक्ता केन्द्रका कन्ट्र्याकच्युअल कर्मीहरूको सभा सम्पन्न भएको छ। आइतबार नेपाली साहित्य अध्ययन समितिको भवनमा सम्पन्न भएको उक्त सभामा सिलगडी जोनल अफिसका प्रतिनिधीवर्ग पनि उपस्थित रहेका थिए।



विशेष गरेर अहिलेघरी पश्चिम बङ्गाल विद्युत वितरक कम्पनी अधिनस्त रहेका कन्ट्र्याकच्युअल कर्मीहरूको वेतनवृद्धी, विद्युतकर्मीको मान्यता, निर्धारित उमेरसम्म रोजगारको पूर्ण ग्यारेन्टी आदि मागहरू लिएर राज्य सरकार समक्ष माग गर्दै आएको छ। यसैक्रममा गत 14 दिसमबर 2020 का दिन राज्यको विद्युत भवनमा हजारौँ सङ्ख्यामा कन्ट्र्याकच्युअल कर्मीहरू समावेश भएर धर्ना प्रदर्शन समेत दिने कार्य गरिसकेको छ भने यसबारे आजसम्म सरकारले निश्चित समाधान भने निकालेको छैन। यसै विषयलाई लिएर उक्त सभामा चर्चा गरिएको थियो।


सिलगडी विद्युत जोनल कार्यलयबाट आएका डोलन सरकारले सभालाई सम्बोधन गर्दै विद्युत विभागमा आजभन्दा 10 वर्ष अघि 43 हजार स्थायी कर्मचारीहरू भएको अनि आज स्थायी कर्मचारीवर्गको सङ्ख्या केवल 17 हजारमात्र हुँदा सम्पूर्ण कार्यहरू अस्थायी कर्मीहरूले गर्न परेपनि विभागले समान कार्य गर्नेहरूलाई समान वेतन नदिने कार्य गरेको बताए। समान कार्य गरे पनि स्थायी कर्मीहरूको तुलनामा अस्थायी कर्मीहरूको वेतन आजको महङ्गाईको समयमा घर धान्न समेत गाह्रो हुने अवस्थामा रहेको उनले बताए। यसक्रममा उनले आफ्नो अधिकारको निम्ति हालमा विद्युत विभागमा कार्यरत राज्यभरीका अस्थायी कर्मीहरू एक बनेर आन्दोलन गरिरहेको अनि पहाडबाट पनि अस्थायी विद्युत कर्मीहरू एकहुन पर्ने आह्वान गरे।


यसक्रममा उनले आगामी 22 जनवरीका दिन कोलकोताको विद्युत भवनमा विधुत विभागमा कार्यरत अस्थायी कर्मीहरूले विद्युत भवन अघि प्रदर्शन गर्ने अनि ज्ञापन पत्र बुझाउने कार्य रहेको बताउँदै यदि सरकारले आफूहरूको माग अस्वीकार गरे राज्यभरी विद्युत कर्मीहरूले हडताल गर्ने अन्तिम विकल्प रहेको पनि बताए। यता सिलगडी जोनल कार्यलयबाट आएका अरुण नन्दी, ईश्वर सुब्बाले पनि राज्यव्यापी चलिरहेको कार्यक्रमबारे अवगत गराउँदै कालेबुङ डिभिजन अधिनस्त रहेका कालेबुङ, सिञ्जी, पेदोङ, टिस्टा अनि मङ्पू विद्युत उपभोक्ता केन्द्रमा अस्थायी विद्युत कर्मीहरू एक बनेर अघि बड्नुपर्ने आह्वान गरे।


यता सभालाई सम्बोधन गर्दै मनोज रावत, रिन्छेन लामा, विदेन प्रधानले पनि कालेबुङ डिभिजन अधिनस्त रहेका अस्थायी विद्युत कर्मीहरू एक भएको बताउँदै आगामी दिनमा राज्य कमिटिबाट प्राप्त दिशा निर्देश अनुसार कार्य गर्ने अनि आगामी 22 जनवरीको दिन हुने कोलकोताको विद्युत भवनको कार्यक्रममा प्रतिनिधीवर्ग सहभागी हुने बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad