टिस्टा नदीमा अज्ञात व्यक्तिले हाम फाले - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, January 18, 2021

टिस्टा नदीमा अज्ञात व्यक्तिले हाम फाले

गफसफ.com, १८ जनवरी २०२१, कालेबुङ। 

राष्ट्रिय राजमार्ग १० अन्तर्गत टिस्टा बजार नजिक टिस्टा पुलबाट एक अज्ञात व्यक्तिले हामा फालेर आत्महत्याको प्रयास गरेका छन्। स्थानीय मानिसहरूले उक्त व्यक्तिले नदीमा हामा फालेको देख्नसाथ बचाउ कार्य गरे। नदीमा डुबेका उक्त व्यक्तिलाई स्थानीय निखित बस्नेतले पौडी खेलेर नदीबाट जिउँदै निकाल्न सफल भएका थिए। 


यद्यपी नदीमा डुबेर अत्याधिक पानी पेटमा भरिएको कारण अवस्था चिन्ताजनक रहेको छ। पछिबाट उनलाई पुलिसको सहयोगमा उद्दार गरेर टिस्टा स्वास्थ्य केन्द्रमा लगियो भने त्यहाँबाट कालेबुङ जिल्ला अस्पताल रेफर गरिएको छ।  


प्राप्त जानकारी अनुसार दिउँसो १:१५ तिर एकजना मानिस टिस्टा नदीको पुलमा हिँडिरहको थियो भने अचानक त्यस व्यक्तिले पुलबाट सोझै नदीमा हामा फाले। पुलबाट हामा फालेको दृश्य वरीपरी रहेका मानिसहरूले देखेपछि सबैले हल्ला मच्चाए। त्यसैबेला पुलमुनि नदिकै किनाराको सडकमा रहेका मानिसहरू नदीतर्फ दगुरे भने सडकानेर रहेका टिस्टा निवासी नीखित बस्नेत सोझै नदीमा पसेर पौडी खिल्दै त्यस अज्ञात व्यक्तिलाई किनारासम्म निकाल्न सक्षम भए। त्यसपछि स्थानीय मानिसहरूको सहयोगमा उनको पेटबाट पानी निकाल्ने कार्य गरियो। पछिबाट पुलिसको सहयोगमा तत्कालै टिस्टा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको निम्ति पठाइयो भने त्यहाँवाट कालेबुङ जिल्ला अस्पताल रेफर गरिएको छ। 


No comments:

Post a Comment

Post Bottom Ad