पश्चिम बङ्गाल राज्यव्यापी दुई दिने विजुली हड्ताल : पहाडमा पनि 2 अनि 3 फरवरी विद्युत कर्मीहरूले बन्द पालन गर्ने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, January 28, 2021

पश्चिम बङ्गाल राज्यव्यापी दुई दिने विजुली हड्ताल : पहाडमा पनि 2 अनि 3 फरवरी विद्युत कर्मीहरूले बन्द पालन गर्ने

गफसफ.com, 29 जनवरी 2021, कालेबुङ ।

पश्चिम बङ्गाल राज्यव्यापी आगामी 2 अनि 3 फरवरीका दिन विद्युत हड्ताल हुने भएको छ। पश्चिम बङ्गाल राज्य विद्युत वितरक कम्पनी अधिनस्त कार्यरत अस्थायी कर्मचारीवर्गले उक्त दुई दिनव्यापी बन्द डाकेको हो।  जुन बन्द दार्जीलिङ पहाड अनि कालेबुङ जिल्लामा पनि पालन गरिनेछ। यसबारे विद्युत विभागमा कार्यरत अस्थायी कर्मचारीवर्गले विद्युत विभागका उच्च अधिकारीवर्ग लगायत जिल्लापाल, पुलिस प्रशासन, अस्पताल, अग्निसमन विभाग लगायत आवश्यक विभागहरूमा लिखित जानकारी दिने कार्य समेत गरिसकेको छ।


पश्चिम बङ्ग राज्य विद्युत चुक्ति विक्ती औ ठिका कर्मी एकता मञ्च –को आयोजनामा राज्यव्यापी दुई दिने विद्युत हडताल आह्वान गरिएको हो। सरकारले विजुली विभागमा कार्यरत सम्पूर्ण अस्थायी कर्मीहरूको रोजगारको सुनिश्चित गर्नुपर्ने, वेतन वृद्धि लगायत अन्य मागहरू पेश गर्दै यसभन्दा अघि दुईपल्ट विद्युत भवनमा धर्ना दिएर ध्यान आकर्षण गर्ने कार्य गरेपनि सरकारले कुनै पहल नगरेपछि उक्त दुईदिनव्यापी बन्दको आह्वान गरिएको हो।

पछिल्लो समय गत 22 जनवरीका दिन राज्यको विद्युत भवनमा राज्य सरकारलाई अस्थायी विद्युत कर्मीहरूको माग पेश गरिएको थियो भने सरकारले यसबारे कुनै निर्णय लिएको छ। सोही कारण नै सरकारलाई दबाऊमा राख्न पश्चिम बङ्ग राज्य विद्युत चुक्ति विक्ती औ ठिका कर्मी एकता मञ्चले राज्यव्यापी दुई दिने विद्युत हडताल डाकेको छ। जसलाई दार्जीलिङ अनि कालेबुङ विद्युत डिभिजन अधिनस्त रहेका सम्पूर्ण उपभोक्ता केन्द्रका अस्थायी विद्युत कर्मीहरूले समर्थन गरेको छ।

“सम्पूर्ण विद्युत उपभोक्ताहरूलाई सूचित गर्दै आगामी 2 अनि 3 फरवरीका दिन विजुली विभागमा अस्थायी कर्मीहरूले हडतालको आह्वान गरेको छ। विशेषरूपले वेतन वृद्धी, विद्युत कर्मीको मान्यता लगायतका मागहरू लिएर उक्त बन्द डाकिएको हो। हालमा अस्थायी विद्युत कर्मीहरूले पाइरहेको वेतनले आफ्नो जीवन यापन गर्न समर्थ छ। यसकारण सरकारसँग अपिल गर्दा समेत कुनै समाधान नभएकै कारण उक्त बन्द डाक्न परेको हो। यसकारण उक्त समयमा सम्पूर्ण मानिसहरूले विद्युत कर्मीहरूको सहयोग गर्ने अपेक्षा राख्दै ग्राहकवर्गमा पुग्ने असुविधामा खेद प्रकट गर्दछौँ’ बन्द आह्वान गर्ने पश्चिम बङ्ग राज्य विद्युत चुक्ति विक्ती औ ठिका कर्मी एकता मञ्चले भनेको छ।

No comments:

Post a Comment

Post Bottom Ad