जीटीए क्षेत्रका प्राथमिक पाठशालामा शिक्षक नियुक्ति हुने : जीटीएले टेट परिक्षाको निम्ति जारी गर्‍यो अनलाई आवेदन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, January 28, 2021

जीटीए क्षेत्रका प्राथमिक पाठशालामा शिक्षक नियुक्ति हुने : जीटीएले टेट परिक्षाको निम्ति जारी गर्‍यो अनलाई आवेदन

गफसफ.com, 28 जनवरी 2021, कालेबुङ ।

गोर्खाल्याण्ड क्षेत्रीये प्रशासन (जीटीए)ले प्राथमिक शिक्षक नियुक्ति गर्नका निम्ति टिचर एलिजिबिलिटी टेस्ट (टेट) आयोजना गर्ने भएको छ।  जसको निम्ति अनलाइन आवेदन लिने प्रक्रिया आरम्भ गरेको छ। जिल्ला स्कुल बोर्डद्वारा आज जारी गरिएको अधिसूचना अनुसार जीटीए क्षेत्रका बासिन्दाहरूमे मात्र उक्त आवेदन भर्न पाउनेछन्। 


जीटीए अधिनस्थ रहेको जिल्ला स्कुल बोर्डले Memo No.1438/1A-7/DSB/GTA/DJ अनुसार उक्त अधिसूचना आज प्रकाशित गरेको छ भने आजदेखि नै आवेदन भर्ने प्रक्रिया समेत आरम्भ भएको छ। नेशनल काउनसिल फर टिचर एजुकेसन (National Council For Teacher Education) द्वारा 23 अगस्त 2010 मा तयार गरेको मापदण्ड अनुसार निम्नतम शैक्षिक योग्यता अनि पेशागत योग्यता भएका प्रार्थीहरूले उक्त आवेदन पत्र भर्न सक्ने अधिसूचना बताइएको छ।

एन.सी.टी.ई (National Council For Teacher Education) ले जारी गरेको मापदण्ड अनुसार शैक्षिक अनि पेशागत शिक्षा भएका प्रार्थीहरूले आगामी 5 फरवरी 2021 सम्म अनलाइन आवेदन भर्न सक्नेछन्। त्यसपछि आगामी 7 फरवरी 2021 का दिन परिक्षाको निम्ति एडमिट जारी हुनेभएको छ भने 14 फरवरी 2021 का दिन टेट परिक्षा हुने अधिसूचना जानकारी दिइएको छ।  

हेर्नुहोस् National Council For Teacher Education – द्वारा  23rd August 2010 मा जारी अध्यादेश -


जीटीए-द्वारा जारी सूचना हेर्न यहाँ थिच्नुहोस्

No comments:

Post a Comment

Post Bottom Ad