जीटीए कर्मचारीवर्गको पक्षमा विनय तामङले लेखे मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, January 24, 2021

जीटीए कर्मचारीवर्गको पक्षमा विनय तामङले लेखे मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र

गफसफ.com, 24 जनवरी 2021, कालेबुङ।  

गोजमुमो विनय गुटका अध्यक्ष विनय तामङले जीटीए कर्मचारीहरूको पक्षमा मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्रचार गरेका छन्। यसबारे तामङले एक प्रेस विज्ञप्ती जारी गरी जानकारी दिएका छन्। विशेष गरी जीटीएका कर्मचारीहरूको  स्थायीकरण तथा दीर्घकालदेखि रहिआएका विभिन्न समस्याहरूको समाधानको माग गर्दै जीटीए कर्मचारीहरूको तर्फबाट आफुलाई एउटा मागपत्र चडाएको जानकारी गराउँदै सोही  सोही मागपत्रलाई आधार बनाएर मुख्यमन्त्री ममता व्यानर्जीलाई गोजमुमो पार्टीको तर्फबाट पत्राचार गरेको तामाङले जानकारी दिएका छन्। 


“जीटीएका सम्पूर्ण विभागका अस्थायी कर्मचारीहरूलाई स्थायीकरणको व्यवस्था अनि स्थायीहरूका निम्ति आवश्यक सहुलियत र सुविधा उपलब्ध गराउन हामीले विगत 2017देखि गर्दै आएको पहलबाट आम कर्मचारीहरूले पाएका अवसर र सुविधा सहुलियत जगजाहेर छ। यद्यपि अझै पनि जीटीए क्षेत्रका कर्मचारीहरूका विविध समस्याहरू समाधान गर्नपर्ने चुनौती हामीसँग छ। जसको निम्ति हामी आफ्नो उद्देश्यमा कटिबद्ध भएर लागिरहेका छौं” विनय तामङले भनेका छन्।  

तामङले जीटीए कर्मचारीवर्गको समस्या समाधानको पक्षमा समुचित पहलको माग गर्दै मुख्यमन्त्री समक्ष आग्रह गरेका छन्। यसक्रममा आफुहरू जीटीए कर्मचारीवर्गको समस्या समाधान गर्न कटिबद्ध रहेको कुरा दोहोर्‍याएका छन्। “जीटीए क्षेत्रका कर्मचारीहरूका दीर्घकालीन माग पूरा गराउँदै पहाड़वासीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने दिशामा हिजो जुन गति र प्रतिबद्धताको साथमा काम गर्दैआएका थियौं भोलि पनि उसरी नै काम गर्नेछौं। यसै क्रममा जीटीए कर्मचारी सङ्गठनले विभिन्न मागहरू लिएर पार्टीलाई चढ़ाएको स्मारक पत्र राज्यकी माननीय मुख्यमन्त्री ममता ब्यानर्जी समक्ष प्रेषित गरिएको हो” विनय तामङले भनेका छन्।

“माननीय मुख्यमन्त्री समक्ष जीटीए कर्मचारी सङ्गठनले राखेको माग एवम् समस्या समग्र जीटीए क्षेत्रको आर्थिक समस्याहरूमध्ये एक प्रमुख समस्या रहिआएको कुरा समेत स्मरण गराउँदै यथाशीघ्र समाधानको पहल गरिदिने सविनय आग्रह गर्दछु” तामङले आग्रह गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad