विमल गुरुङको राजनैतिक कु-संस्कारलाई परिवर्तण गरेर पहाडमा नयाँ राजनैतिक सु-सस्ंकारको स्थापना भएको छ – रुदेन लेप्चा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, January 24, 2021

विमल गुरुङको राजनैतिक कु-संस्कारलाई परिवर्तण गरेर पहाडमा नयाँ राजनैतिक सु-सस्ंकारको स्थापना भएको छ – रुदेन लेप्चा

गफसफ.com, 24 जनवरी 2021, कालेबुङ।  

 

गोजमुमो विनय गुटको ३६ नम्बर समष्टिको सभा सिन्देबुङस्थित बरबोटे मानेडाँडामा सम्पन्न भयो।  सभालाई सम्बोधन गर्दै मुख्य अतिथि गोजमुमो केन्द्रीय समिति सदस्य रुदेन लेप्चाले ‘८६ देखि यता घिसिङले सुरु गरेको राजनीति अनि राजनैतिक संस्कार भनेको आफ्नो जाति र आफ्नो धर्मकोलाई मासेर पहाडबाट राजनैतिक विस्थापित गरिनु थियो’ भने। यसक्रममा उनले लगभग ६००० भन्दा धेर मानिसहरू घिसिङको शासनकालभित्र जीएनएलएलले मारिमागेको इतिहास रहेको आरोप लगाए।


“जीएनएलएफ गर्दा कम्युनिस्टका सम्पूर्ण लिडर्सहरूलाई पहाडबाट खेदाइए अनि विस्थापित भएर मोहन दुखुन भन्ने मान्छे आज सिलीगुडीमा नै आज स्थापित भए। जेबी राई, तारा सुन्दासहरू सायद-सायद आन्दोलनरत अवधि तीनवर्षको निम्ति सिलीगुडीमा बस्नुपरेको थियो। त्यसको बादमा त्यै किताब पढेर त्यही राजन‌ैतिक संस्कार बोकेर हुर्किएका बिमलले आफ्नै जातिलाई, जीनएलएफल गर्नेहरूलाई पहाडबाट खेदेको छ’ रूदेन लेप्चाले भने।  

सभालाई सम्बोधन गर्ने क्रममा विमल गुरुङहरूको शाषण कालमा विपक्षी पार्टीका नेताहरू खेदिनुपरेको इतिहास नै लेप्चाले सुनाए। तपाईंहरू ज्वलन्त साक्षीहरू हुनुहुन्छ पहाडको राजनैतिक इतिहासमा। बिमलले खेदेन? कुनचाहिँ काउन्सिलर कालेबुङमा बस्यो? दावा पाख्रिन भाग्यो, रोशन राई  भाग्यो, प्रकाश दाहाल भागे। सबै भागेका हुन्। कतिलाई कुटे, पिटे।क सैको घर जलाइदिए।  घिसिङको श्रीमती मरेपछि पहाडधरि नल्याउने पोलिटिक्स कसले गरे? बिमल गुरुङ। यिनीहरू बङ्गालीलाई गाली गर्छ तर आफ्नो जातिको लास ल्याउन नदिने पोलिटिक्स गर्ने बिमल गुरुङ हुन्’ लेप्चाले विमल गुरुङको राजनैतिक संस्कारको उदाहरण दिँदै भने।

विमल गुरुङले गरेको राजनैतिक कुसंस्कारलाई परिष्कृत गरेर नै २०१७  यता एउटा नयाँ राजनैतिक संस्कारको सूत्रपात भएको पनि लेप्चाले दाबी गरेका छन्। “बिमल गुरुङ, जसले घिसिङलाई खेदे पहाडबाट, जसले घिसिङको श्रीमतीको लाशसम्म पहाड ल्याउन दिएन आज उसलाई राजनैतिक ठाउँ दिने स्पष्ट पार्नु सक्नु।  यो नै हो बिमल गुरुङपछि बिनय तामाङ अनि अनित थापाले लिएको राजनैतिक संस्कार हो” लेप्चाले राजनैतिक सु-संस्कारको दाबी गर्दै भने।

“डरमुक्त पहाड अनि समाज निर्माण गर्नुमा बिनय अनितले पोलिटिक कल्चर अनि आइडियोलोजी प्रदान गरेको छ। बिनय-अनितको शासनकालभरि कसैलाई पहाडबाट विस्थापित गरेन,जलाएन,मारेन” रूदेन लेप्चाले थप भने। 

No comments:

Post a Comment

Post Bottom Ad