“मै मरी जाउँ कि”- नेपाली म्युजिक भिडियो सार्वजनिक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, December 17, 2020

“मै मरी जाउँ कि”- नेपाली म्युजिक भिडियो सार्वजनिक

गफसफ.com, 17 दिसम्बर 2020, कालेबुङ ।

मै मरी जाउँ कि”- नेपाली म्युजिक भिडियोको आज सार्वजनिक भएको छ। कालेबुङका युवा कलाकार रोशन दहाल अनि इडेन्ला शेर्पा मुख्य भूमिकाम रहेको उक्त म्युजिक भिडियो आज नगरपालिकाको कन्फरेन्स हलमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो। जसलाई ‘गिडियन एन्ड शिशिर’ नामक युट्युम मार्फत् सार्वजनिक गरिएको छ।


भुवन खनलाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा मुख्य अतिथिका रूपमा कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधान उपस्थित रहेका थिए। यसक्रममा कार्यक्रमका अध्यक्ष खनाल, मुख्य अतिथी रवी प्रधान लगायत विशिष्ट अतिथिहरूमा भीम अग्रवाल, रूद्र कार्की, विक्रम पराजुली, उमेश उपमा आदिको बाहुलीबाट गीतको पोस्टर सार्वजनिक गरिएपछि उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको थियो।

शिशिर मोथेको शब्द अनि स्वरमा रहेको उक्त म्युजिक भिडियोको गीतमा गिडियन राईको सङ्गीत संयोजन रहेको छ। म्युजिक भिडियोमा युवा कलाकारद्वय रोशन दाहाल अनि इडेन्ला शेर्पालाई स्टार कास्टका रूपमा देखाइएको छ। दुईजनाको प्रेम प्रसङ्गमा रहेको उक्त म्युजिक भिडियोमा ग्रामीण परिवेशको सुन्दर छायङ्कन रहेको छ भने उक्त कलाकारहरूको कलाकारिता पनि उत्तिकै सुन्दर रहेको छ।

आज सार्वजनिक गरिएको ‘मै मरी जाउँ कि’ म्युजिक भिडियोमा किरण काफ्ले, विशाल भण्डारी, विक्की भण्डारी सहयोगी कलाकारका रूपमा रहेका छन्। डाँडा प्रडक्टसनको छायाङ्कनमा रहेको उक्त म्युजिक भिडियोमा सार्वजनिक पछि मुख्य अतिथिका रूपमा उपस्थित रवी प्रधानले कलाकारहरूको खुलेर प्रशंसा गरे। यसक्रममा उनले लुकेर बसेका कलाकारहरूको कलाकारितालाई प्रोत्साहन गर्न आफु हरेक समय अग्रसर रहेको बताउँदै ‘मै मरी जाउँ कि’ म्युजिक भिडियो-को कला पक्ष, सङ्गीत पक्ष अनि छायङ्कन पक्ष सबै उत्कृष्ट रहेको पनि बताए।

यसैक्रममा गायक उमेश उपमा, कलाकार विक्रम पराजुली, भुवन खनालले पनि म्युजिक भिडियोमा सबै पक्षको संयोजन राम्रो भएको बताउँदै युवा कलाकारद्वय रोशन दाहाल अनि इडेन्ला भुटियाको अभिनय पक्ष पनि उत्तिकै राम्रो रहेको बताए। 

No comments:

Post a Comment

Post Bottom Ad