भाजपाले “गोर्खाल्याण्ड” भन्दै भोट माग्छ, तर दार्जीलिङको पर्मनेन्ट पोलिटिक सल्युसन म नै गर्नेछु – मुख्यमन्त्री ममता ब्यानर्जी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, December 15, 2020

भाजपाले “गोर्खाल्याण्ड” भन्दै भोट माग्छ, तर दार्जीलिङको पर्मनेन्ट पोलिटिक सल्युसन म नै गर्नेछु – मुख्यमन्त्री ममता ब्यानर्जी

गफसफ.com, 15 दिसम्बर 2020, कालेबुङ ।

विमल गुरुङलाई लिएर छवर्ष भाजपाले गोर्खाल्याण्ड दिन्छु भन्यो। जुनै चुनाव आउँदा गोर्खाल्याण्ड दिन्छु भन्छ। अहिलेसम्म कतिवटा गोर्खाल्याण्ड बनियो त?” – उक्त कुरा मुख्यमन्त्री ममता ब्यानर्जीले कुचबिहारमा भनेकि हुन्। उनले भारतीय जनता पार्टीले केवल ढाँटको राजनीति गर्दै केवल भोटको समयमा मात्र गोर्खाल्याण्डको कुरा गर्ने गरेको पनि दाबी गरिन्।


“भाजपाले 2014 मा गोर्खाल्याण्ड भन्यो अनि चुनाव जित्यो। 2018 गोर्खाल्याण्ड भनेर 2019 मा चुनाव जित्यो। हामीले गोर्खाल्याण्ड भनेनौँ अनि भोट जितेनौँ। हामी भाजपाले जस्तो ढाट्दैनौँ। भाजाले जस्तो म झुटो आश्वासन दिदिँन”- ममता ब्यानर्जीले भनिन्।

यसैक्रममा उनले दार्जीलिङ पहाडको पर्मनेन्ट पोलिटिक सल्युसन समाधान गर्ने दाबी गरिन ‘दार्जीलिङको पर्मनेन्ट पोलिटिकल सल्युसन म नै गर्नेछु, उनीहरू (भाजपा) ले गर्दैनन्’ ममता ब्यानर्जीले स्पष्ट भनिन्।  

मुख्यमन्त्री ब्यानर्जीले भारतीय जनता पार्टीले दाबी गरेको पर्मनेन्ट पोलिटिक सल्युसन अहिलेसम्म समाधान नगरेपछि भाजपाले भनेकै पर्मनेन्ट पोलिटिक सल्युसन आफुले गर्ने दाबी गरेकी हुन्। यसक्रममा उनले भाजपाले नगर्ने पनि दाबी गरिन्। 

भिडियो हेर्न तल थिच्नुहोस् ... 

No comments:

Post a Comment

Post Bottom Ad