गैरीवासमा साहित्यकार एम.एम गुरुङको पूर्णाङ्क सालिग अनावरण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, December 31, 2020

गैरीवासमा साहित्यकार एम.एम गुरुङको पूर्णाङ्क सालिग अनावरण

गफसफ.com, 31  दिसम्बर 2020, कालेबुङ ।

नेपाली साहित्यमा लोक साहित्यकारका रूपमा चिनिएका स्व. एम एम गुरूङको गैरीवासमा पूर्णाङ्क सालिग अनावरण गरिएको छ। सालिग निर्माण समिति, गैरीबासले आयोजना गरेको कार्यक्रममा नेपाली लोक साहित्यका अभियन्ता एम एम गुरुङको पूर्णाङ्क सालिग जीटीए बोर्ड अध्यक्ष अनित थापाको बाहुलीबाट अनावरण गरिएको हो। सालिग अनावरणसँगै उक्त स्थानलाई माइकल चौक नामकरण गरिएको छ।



कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा जीटीए अध्यक्ष अनित थापाले जातिको धरोहर
, उहाँको कीर्तिलाई सदैव जीवित राख्नुको निम्ति सालिग निर्माण समितिले हाम्रो गरेको पहल स्वागतयोग्य रहेको भन्दै आभार प्रकट गरे। “हाम्रा अग्रजहरुले समाजको निम्ति गर्नु भएको योगदान, हामीलाई छोडी राख्नु भएको कीर्तिलाई आजको युवा पिडीले अघि बढाएर लैजानु अत्यन्तै जरुरी छ’ अनित थापाले भने।

उनले आफुलाई साहित्य अनि कला विषय धेर ज्ञान छैन भन्दै साहित्य अनि कला क्षेत्रमा काम गर्नु हुने साहित्यकार अनि कलाकारको निम्ति कुनै व्यवस्थित व्यवस्था ल्याउने काम गर्दैछौ भनि थापाले बताए। ‘म बसेको कुर्सी जहाँ बस्दा पनि घोच्ने छ। मलाई थाहा छैन मेरो सोच अनुसार म कति सफल बन्न सक्छु” उनले भने

“१९८६ देखि नै हाम्रो पहाडको सिस्टम नै भत्केको छ। सबैलाई छोटो बाटो मात्र हिँड्नु खोज्छ। सबैलाई फेरि हतार। तर जब सम्म म काम गर्नेछु निष्पक्ष भएर नै काम गर्नेछु’ अनित थापाले भने। उनले कार्यक्रममा गैरीवास क्षेत्रको पनि प्रसंशा गर्न पछि परेनन्।

“गैरीवास प्रकृतिको धनी छ, साहित्यमा धनी छ, संस्कृतिमा धनी छ, दवाई खेती हुन्छ यहाँ। तर यहाँ हामी जमीनको गरीब छौं। यहाँको बिल्डिंग हाम्रो हो तर हामी आफै बसेको घरको जमीन हाम्रो होइन।  हाम्रो पुर्खा देखि बसेर ल्याएको जमीन हामीले आफ्नो बनाउनु छ। हामीले धेरै लड्यौं तर ठीक ठाउँमा अनि उचित मुद्दाको निम्ति लडेनौ’ थापाले भने।

No comments:

Post a Comment

Post Bottom Ad