कालेबुङको जनसभामा विमल गुरुङले विनय-अनितको नाम समेत उच्चारण गरेनन्; भने –‘मोदी जी गोर्खा का सपना कब पुरा होंगे ?’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, January 7, 2021

कालेबुङको जनसभामा विमल गुरुङले विनय-अनितको नाम समेत उच्चारण गरेनन्; भने –‘मोदी जी गोर्खा का सपना कब पुरा होंगे ?’

गफसफ.com, 7 जनवरी 2021, कालेबुङ ।

“भारतीय जनता पार्टीले गोर्खा जातिलाई धोका दियो। प्रधानमन्त्री नरेन्द्र मोदीलेलाई म यतिबेला प्रश्न गर्छु – गोर्खा का सपना कब पुरा होगा?” – उक्त कुरा गोजमुमो संस्थापक अध्यक्ष विमल गुरुङले कालेबुङको मेला ग्राउण्डबाट भनेका हुन्।


सन् 2017 को आन्दोलनकालमा भूमिगत बनेपछि आखिरमा बङ्गालकी म्मुख्यमन्त्री ममता ब्यानर्जीलाई समर्थन गरेर पहाड प्रवेश गर्न पाएका विमल गुरुङ बिस्थापित जीवनपछि आज पहिलोचोटी कालेबुङ आएका हुन्। यस अवसरमा गोजमुमो कालेबुङ जिल्ला समितिले मेला ग्राउण्डमा जनसभा आयोजना गरेको थियो। उक्त जनसभालाई सम्बोधन गर्ने क्रममा मोर्चा अध्यक्ष विमल गुरुङले भारतीय जनता पार्टीलाई गाली गर्नमा नै आफ्नो समय नष्ट गरे।

“बङ्गालमा भारतीय जनता पार्टीको खाता खोल्ने हामी हौँ। भाजपाले हामीलाई केवल आश्वासन मात्रै दियो अनि यो आश्वासनले नै आखिरमा गोर्खा जातिलाई धोका मात्रै भयो। अब हामी भाजपालाई यसको जवाब चुनावमा हराएर दिनेछौँ” विमल गुरुङले अझ भने –“भाजपा र आर.एस.एस. कार्यकर्ताहरूले यो कुरा राम्ररी बुझ्नु अनि होशियार बस्नु।”


‘जितेको जितेकै मोर्चाले, हार्न त कहिल्यै जान्दैन’-भन्ने गीतसँगै जनसभा स्थलमा प्रवेश गरेका विमल गुरुङले जनसभामा स्थलमा बसेका आफ्ना समर्थकहरूलाई आफुहरूले जितेर आएको केही उपलब्धीका कुराहरू भने गरेनन्। बरु उनले भाजपाले सन् 2017 को आन्दोलनकालमा आफुहरू बिस्थापित बन्न परेपछि बारम्बार नेताहरूलाई भेटेर गोर्खा जातिको पक्षमा केही ठोस कार्य गर्दिनुपर्छ भनेर माग गर्दा ‘आश्वासन’ दिएर ढाँटिरहेको बताए। यसका साथै भाजपाले गोर्खालाई केहि दिनको साटो उल्टै आफ्नो राजनैतिक जीवन नै समाप्त गर्ने प्रयास गरेको आरोप लगाए।

“मैले भाजपाका नेताहरूलाई अब गोर्खाहरूको निम्ति केही गर्नैपर्छ भनेर भन्दा उल्टै ‘आप को सुरक्षा देकर रखा है, नहीँ तो तृणमूल ने आप को कब त भुन देता है’ भन्यो। मलाई व्यक्तिगत सुरक्षा चाहिएको थिएन तर जातिको सुरक्षा चाहिएको थियो, त्यो कार्य भाजपाले नगरेकै कारण मैले ममता ब्यानर्जीसँग सम्झौता गरेकी हुँ’ विमल गुरुङले भने। यसक्रममा उनले अब ममता ब्यानर्जीले नै गोर्खाहरूको निम्ति केहि गर्ने आशा व्यक्त गरे।

जनसभालाई सम्बोधन गर्नेक्रममा विमल गुरुङले भारतीय जनता पार्टीको जोडतोडले विरोध गरे पनि विनय तामङ र अनित थापाको भने नाउँ भने एकपल्ट पनि उच्चारण समेर गरेनन्। ममता ब्यानर्जीलाई समर्थन गर्न अघि प्रत्येकपल्ट अडियो र भिडियो सन्देशमा विनय तामङ र अनित थापालाई गद्दार भन्ने विमल गुरुङले आजको जनसभामा भने ‘दुई व्यक्ति’-ले आन्दोलनको समय धोका दियो मात्रै भने। यसक्रममा उनले अब आफुले पहाडका बेरोजगार युवाहरूको निम्ति रोजगारको अवसर सिर्जना गर्ने र विकासको कार्यहरू सही प्रकारले गर्ने पनि दाबी गरे।

‘अघि पछी पुलिसको सुरक्षा गाडी राखेर साइरन बजाउँदै हिँड्ने विमल गुरुङ आज चुपचाप बिन साइरन आएको देख्दा तपाईँहरूलाई अचम्म लाग्यो होला। तर, यो अचम्म मान्न पर्दै त्यो भन्दा पनि ठूलो विमल गुरुङ हुनेछ’ विमल गुरुङले जनसभालाई सम्बोधन गर्दै बङ्गाल सरकारले आफुलाई कुनै ठूलो पदमा आसिन गराउन सक्ने सम्भावनाहरूबारे भने।

कालेबुङ आउनेक्रममा विभिन्न मन्दिरहरूको दर्शन गर्दै पूजा आर्चना गरेर कालेबुङ आइपुगेका विमल गुरुङले आफ्ना समर्थकहरूको साथमा शहरको परिक्रमा पनि गरे। यसक्रममा समर्थकहरूले विमल गुरुङ जिन्दावादको जोडदार नाराबाजी लगाए। यसैक्रममा उनले आन्दोलन कालमा बिस्थापित बनेका कालेबुङका पूर्व सभासद दावा लेप्चा, निमा तामङ, अनिल लोप्चन. बिरेन भुजेल, बालकृष्ण शर्मा आदिलाई माल्यर्पण गरेर घर फर्कन सकेकोमा खुशीयालीमा बधाई दिए।

No comments:

Post a Comment

Post Bottom Ad