दार्जीलिङमा अनित थापाको जनतासँग भेटघाट कार्यक्रम ; भने नेतालाई “राजा” बनाउनु हुँदैन जनताले नै दु:ख पाउँछ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, December 29, 2020

दार्जीलिङमा अनित थापाको जनतासँग भेटघाट कार्यक्रम ; भने नेतालाई “राजा” बनाउनु हुँदैन जनताले नै दु:ख पाउँछ

गफसफ.com, 29  दिसम्बर 2020दार्जीलिङ ।

“जनताले नेतालाई राजा जस्तो बनाउनु हुँदैन। यदि जनताले नेतालाई राजा जस्तो बनायो भने पछिबाट जनता आफैले दुख पाउँछन्” उक्त कुरा जीटीए अध्यक्ष एवम् गोजमुमो विनय गुटका महासचिव अनित थापाले भनेका हुन्। उनी आज दार्जीलिङ नगरपालिका अन्तर्गत १७ नम्बर वार्ड अनि मंगलपूरी ग्रामले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी बन्न पुगेका थिए। सोही अवसरमा थापाले अमर ज्योति सार्वजनिक भवनको शिलान्यास पनि गरेका छन्।


थापाले कार्यक्रमलाई सम्बोधन गर्दै आफुहरूले शिल्यान्यास गरेको सबै कार्यहरू हुने पनि दाबी गरे। “हामी जे भन्छौ त्यही गर्छौ। आन्दोलन गरेर हामीलाई केही कुराको पनि हासिल हुँदैन भनेर हामीले बुझेका छौं। यो आन्दोलन देखि हामी टाढा बस्नु पर्छ। लिडर अनि उसको नानीहरू आन्दोलनको समय कहिले पनि सडकमा निस्केनन्। केवल जनता सडकमा हुन्छन्। लिडरहरु कुर्सीमा बस्छन जनतालाई केवल आन्दोलन गर्न लगाउँछ’ अनित थापाले भने।

जनताले नेतालाई राजा बनाउने प्रवृत्ति त्याग गर्नुपर्ने आह्वान गर्दै थापाले आफुहरूले गरिरहेको विकास कार्य सरकारी योजना अनुसार सही व्यवस्था चलाएर गरिरहेको दाबी गरे। “हिजका नेताहरूले मैले यो गरे र त्यो गरे भन्दै थिए। उनीहरू राजाका सन्तान होइनन्। उनीहरूले जे जति गरे त्यो सरकारी पैसाले नै गरेको हो। यसकारण उनीहरूले मैले गरे भनेर नभन्दा हुनेछ। बरू उल्टै ती नेताहरूले दार्जीलिङमा भएको पनि सकेको छ’ अनित थापाले कुनै पनि नेताको नाउँ नलिइ ईशारामा नै भने।

आज आफुहरूले पनि सरकारी पैसाले नै काम गरेको उनले स्पष्ट पार्दै तर सरकारी धनको आफुहरूले सही प्रयोग गरिरहेको भने अनित थापाले दाबी गरेका छन्। यसक्रममा उनले पर्जा पट्टाको समस्या समाधान गर्नलाई आफुहरूले कार्य गरिरहने पनि बताए। यसक्रममा उनले जनताको समस्या समाधान गर्न आफु जहिल्यै तयार रहेको अनि कसैले पनि आफ्नो समस्या खुल्ला रूपले राख्न सक्ने पनि थापाले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad