स्व. एम.एम गुरुङको सालिग अनावरणसँगै अनुपा राईकृत 'कृति र वृत्तिमा: एम एम गुरूङ' पुस्तक विमोचन हुने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, December 29, 2020

स्व. एम.एम गुरुङको सालिग अनावरणसँगै अनुपा राईकृत 'कृति र वृत्तिमा: एम एम गुरूङ' पुस्तक विमोचन हुने

गफसफ.com, 29  दिसम्बर 2020, कालेबुङ ।

‘बिर्सिएको संस्कृति’-जस्ता कृति नेपाली साहित्यको भण्डारमा दिएका साहित्यकार स्व. एम.एम गुरुङको आगामी ३१ दिसम्बरका दिन गैरीबास सिन्कोना बगानमा सालिग अनावरण हुने भएको छ। सोहि दिन नै डाउहिल स्कूलकी शिक्षिका अनुपा राईकृत 'कृति र वृत्तिमा: एम एम गुरूङ' पुस्तक पनि विमोचन हुने भएको छ।


स्व एम.एम. गुरूङ भारतीय नेपाली साहित्य र संस्कृतिका एकजना अभियन्ताका रूपमा चिनिन्छन्। आफ्नो कार्यकालभरि स्व गुरूङ विभिन्न पेशासँग जोडिएका थिए । उनले गैरीबास सिन्कोना प्लान्टेसनमा पनि  धेरै वर्ष म्यानेजरका रूपमा कार्य गरेका थिए। उनको 'बिर्सिएको संस्कृति' पुस्तकले सन् १९८२ मा साहित्य अकादेमी पुरस्कार पनि प्राप्त गरेको थियो।

स्थानीय सचेत एवम् स्थापित केही सज्जन झुण्डका सत्प्रयासमा यो महत् कार्य हुन गइरहेको छ भने यसै दिन उक्त कार्यक्रममा एउटा महत्वपूर्ण पुस्तक- 'कृति र वृत्तिमा:एम.एम.गुरूङ' पनि विमोचन हुन गइरहेको छ। यसको लेखिका डाउहिल स्कूल, खरसाङकी शिक्षिका अनुपा राई रहेकी छन्।

अनुपा राईले आफ्नो कलेज अध्ययन गरिरहेको समयदेखि नै विभिन्न पत्रपत्रिकामा लेखरचना साथै कथाहरू प्रकाशित गर्ने गर्थिन्। उनले आफनो एम. ए. समाप्त गरिसकेपछि सन् 2002 तिर उत्तर बङ्ग विश्वविद्यालयबाटै एम. फिल. उतीर्ण गरेकी हुन्। उक्त एम. फिल. उतीर्ण गर्दा अनिवार्य रुपमा लेखिनुपर्ने एउटा लघु शोध प्रबन्ध पनि उनले एम.एम.गुरूङमाथि नै लेखेकी थिइन् भने  उनका शोध निर्देशक ड.प्रा. मोहन पी. दाहाल रहेका थिए।

शिक्षिका अनुपा राई, आफ्ना प्रा.योगेश खाती (खरसाङ महाविद्यालय) र एकैजना छोरा आयानसँग डाउहिल स्कूल शिक्षण आवासमै बस्छिन् भने उनको स्थायी बासस्थान कफेर काङ्केबुङ ग्राम पञ्चायत अन्तर्गत मुन्थुम हो। उनी खरसाङस्थित डाउहिल स्कूलमा नेपाली भाषा साहित्यकी शिक्षिकाका रूपमा गत १२ वर्षदेखि कार्यरत् छन्।

उनको जन्म लोवर परेङ, जलढाका अनि माध्यमिकसम्मको पढाई जलढाका उच्चतर माध्यमिक विद्यालयमा भएको थियो। यो विमोचन हुन गइरहेको पुस्तक प्रकाशनको भार दार्जिलिङ श्याम प्रकाशनले लिएको छ। भारतीय नेपाली साहित्यका धेरै महत्वपूर्ण पुस्तकहरू विगतमा प्रकाशन गरिसकेका श्याम प्रकाशन पनि पाठक एवम् साहित्य अनुरागीहरू समक्ष यो पुस्तक लिएर आउँदा धेरै उत्साहित भएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad