कालेबुङमा कवि अगमसिंह गिरीको सालिग अनावरण: डा. आर. पी. ढकालले भने –“गिरीले देखेको सपना नै आज दार्जीलिङ पहाडवासीले देखिरहेका छन्” - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, December 27, 2020

कालेबुङमा कवि अगमसिंह गिरीको सालिग अनावरण: डा. आर. पी. ढकालले भने –“गिरीले देखेको सपना नै आज दार्जीलिङ पहाडवासीले देखिरहेका छन्”

गफसफ.com, 27  दिसम्बर 2020, कालेबुङ ।

कालेबुङको त्रिकोण पार्कमा आज कविअगमसिंह गिरीको सालिग अनावरण गरिएको छ। 94 औँ गिरी जयन्तीको अवसर पारेर सालिग निर्माण समितिले निर्माण गरेको कवि अगमसिंह गिरीको सालिग आज अनावरण गरिएको हो। कालेबुङमहाविद्यालयका प्राचार्य डा. आर.पी ढकाल अनि कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधानकोबाहुलीबाट उक्त सालिक अनावरण गरिएकोहो।


कवि गिरीको सालिग अनावरणपछि कार्यक्रममा उपस्थित विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, सङ्घ संस्थाका प्रतिनिधिहरू, भाषा, साहित्य, संस्कृति, जाति प्रेमीहरू आदिले कवि गिरीको सालिगअघि श्रद्धा-सुमन अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रथम चरणको कार्यक्रममा त्रिकोण पार्कको सालिग अनावरण पछि दोस्रो चरणको कार्यक्रम टाउन हलमा सम्पन्न भएको थियो। नेपाली साहित्य अध्ययन समितिका अध्यक्ष ज्ञान सुतारको अद्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार डा.  हर्कबहादुर छेत्री, कवि डा. राजेन्द्र भण्डारी,  अगमसिंह गिरीकी छोरी स्मृति गिरी लगायत साहित्यकार सँगै विभिन्न तप्काका मानिसहरूकौपस्थिति रहेको थियो। यस असवरमा नेपाली साहित्यमा अमूल्य योगदान दिने साहित्यकार भगिरथ रावत अनि शिक्षा क्षेत्रमा योगदान दिने कुमार छेत्रीलाई गिरी शिक्षा सम्मानले सम्मानित गरिएको थियो।


कार्यक्रममा डा. हर्कबहादुर छेत्रीले  कवि गिरीबारे वार्ता प्रस्तुत गरेका थिए भनीउनले वि गिरीको कृतिहरू पढ़्दा उनको कृतिले जातीको उनमुक्तिको निम्ति लेख्न बरम्बार झझ्काउने गरेको बताए।  यसका साथै उनले कवि गिरीलाई जातीय कवि भनेर एउटा धर्का तानेको जस्तो लगेको बताउँदै उनलाई विश्‍व कवि भनेर सम्बोन्ध गरिदिन आह्वान पनि गरे।

कार्यक्रममा मुख्य अतिथिकारूपमा उपस्थित रहेका कालेबुङ महाविद्यालयका प्राचार्य डा. आर पी ढकालले गिरीलाई दुखवादी, स्वतन्त्रवादी कवि रहेको बताइने गरे पनि वास्तवमा कविगिरी जातिवादी कवि रहेको तर साह्रै दुखवादी कवि चाही नरहेको बताए। कवि गिरीले देखेको भविष्यमा नै आज पनि दार्जीलिङ पहाड़वासीहरू रहेको बताए ढकालले बताए। यसक्रममा डा.ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले जहिल्यै जातीय एकता, जायतीय सुरक्षा र जातीय चिह्नारीको कुरा गर्ने गरेको ढकाले थप बताए।

सालिग निर्माण समितिका अद्यक्ष भुवन पी खनालले स्वागत सम्बोधन राखेका साहित्यकार भगीरथ रावत, कुमार छेत्री बाहेक सालिग निर्माणको निम्ति सहयोग पुर्‍याएकोमा आनन्द लखोटियालाई पनि सम्मान जनाएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad