ममताको आशिर्वादमा पहाड चढेका विमल गुरुङले विनय-अनितलाई भने ‘चोर’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, December 20, 2020

ममताको आशिर्वादमा पहाड चढेका विमल गुरुङले विनय-अनितलाई भने ‘चोर’

गफसफ.com, 20  दिसम्बर 2020दार्जीलिङ ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई समर्थन गरेपछि पहाड चढ्न पाएका विमल गुरुङले आज दार्जीलिङको मोटर स्ट्याण्डमा आयोजित जनसभालाई सम्बोधन गर्दै ‘विनय तामङ र अनिथ थापा’हरूलाई चोर नै भने। ‘म यिनीहरू (विनय-अनित) लाई चोर भन्छौ। किन भने यिनीहरूले मेरो झण्डा चोरेका हुन्’ विमल गुरुङले अझ भने –“आँट छ भने तिमीले आफ्नो झण्डा बनाऊ त।”


2017 मा आन्दोलन चलिरहेको समय पहाडबाट एका-एक भूमिगत भएका विमल गुरुङ आज साँढे तीनवर्ष पछि दार्जीलिङ आएका हुन्। यस अवसरमा दार्जीलिङको मोटर स्ट्याण्डमा उनका समर्थकहरू व्यापक रूपले भेला भएका थिए। जनसभालाई सम्बोधन गर्नेक्रममा विमल गुरुङले विनय तामङ र अनित थापालाई जोडतोडले गाली गरे। यसक्रममा उनले जीटीएमा व्यापक भ्रष्टचार भएको आरोप लगाउँदै राज्य सरकारले यसको सही जाँच गर्नुपर्ने माग गरेका छन्।

“चियाकमानको नाममा 8 करोड पैसा उठाएको कहाँ गयो?” विमल गुरुङले जीटीए बोर्ड अध्यक्ष अनित थापाप्रति प्रश्न तेर्साउँदै सोधे। आफुहरूले दिल्लीमा बसेर नै बन्द चियाकमानको निम्ति कार्य गरेको दाबी गर्दै गोजमुमो विनय गुटका नेताहरूले भने सबैपक्षबाट पैसा सङ्ग्रह गरेर भ्रष्टचार गरेको आरोप लगाए।


उनले आफुहरू शान्ति र गणतन्त्रको पक्षमा रहेको दाबी गर्दै विनय तामङ अनित थापाहरूले भने अशान्ति मच्चाउने कार्य गरिरहेको आरोप लगाए। भारतीय जनता पार्टीले गोर्खाहरूको पक्षमा केहि कार्य गर्न नसकेको कारणनै अब भाजपालाई जवाब दिनलाई आफु अघि आएको बताए।

“हामी 2021 को चुनावमा भाजपालाई उत्तर बङ्गालबाट गतिलो जवाब दिनेछौँ’ विमल गुरुङले भने। उत्तर बण्ग़्गालमा 18 वटा भन्दा धेर आसनमा तृणमूल कङ्ग्रेसलाई जिताएर ममता ब्यानर्जीलाई मुख्यमन्त्री बनाउने दाबी गर्दै भाजपाले गोर्खाहरूलाई ठगेको कारण जनताले पनि चुनावमा भाजपालाई जोडले जवाब दिनुपर्ने आह्वन गुरुङले गरेका छन्।

“ममता ब्यानर्जीको मन अब काम गरेर जित्नेछु। अब म मित्रता बनाएर काम गर्नेछु। हामी उनको हात बलियो पार्नेछौँ अनि उहाँले पनि हाम्रो निम्ति काम गर्नेछु भनेकि छन्” विमल गुरुङले भने। यसैक्रममा विमल गुरुङले आफु पुन: पहाडको सत्तामा स्थापित बन्ने सङ्केत दिँदै “अब म चाँढै मैले गरेको कामहरूको रिबन काट्नेछु” भने।

No comments:

Post a Comment

Post Bottom Ad