गोजमुमो विमल-विनय गुट : एकार्कलाई भीडको जवाब भीडले दिँदै; अनित थापाले भने “विमल गुरूङको बत्ती पातले बासमा नै निभाई दिनेछौ” - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, December 27, 2020

गोजमुमो विमल-विनय गुट : एकार्कलाई भीडको जवाब भीडले दिँदै; अनित थापाले भने “विमल गुरूङको बत्ती पातले बासमा नै निभाई दिनेछौ”

गफसफ.com, 26  दिसम्बर 2020दार्जीलिङ ।

विमल गुरुङले दार्जीलिङको जनसभामा जनताको भीड थुपारेर विनय-अनित थापाहरूलाई पहाडमा आफ्नो राजनैतिक वर्चस्व अझै रहेको देखाए लगत्तै विनय गुटले भीडको जवाब भीडले नै दिएको छ। गोजमुमो विनय गुटका महासचिव अनित थापाले खर्साङबाट परिवर्तन यात्रासुरु गरेर दार्जीलिङ आइपुगेपछि जनताको भीड थुपारेर विमल गुरुङलाई उसैको भाषामा जवाब दिएका हुन्।


उनले सन् २०१७ देखिको परिवर्तनको यात्रा सुरु भएको हो भन्दै यो परिवर्तन यात्रा अशान्ति माथि शान्तिको विजय, कुशासन देखि सुशासन, एकलकाटे नीति, पहाडलाई सताउने, जलाउने, पहाड बासीलाई दुःख दिने नीतिको विरुद्ध, डर अनि त्रास माथि खुशी अनि उमङ्ग ल्याउने यात्रा होभने। यसक्रममा परिवर्तन यात्रामा सहभागी बनेका जनतालाई उनले धन्यवाद पनि दिए।

अनित थापाले विमल गुरुङप्रति कटाक्ष गर्दै गुरुङको हुँकार नक्कली रहेको पनि बताए। जसले हुँकार गर्दैछ त्यो हुँकार नक्कली हुँकार हो। त्यो एउटा अभिनय मात्र हो।अनित थापाले अझ भने –“हामीलाई हाम्रो सोच देखि एक कदम पनि पछि हट्नु छैन। म मेरो ऊर्जा अनि सोच नयाँ पहाड अनि नयाँ गोरेटो बनाउनुमा खर्च गर्नेछु।


यसक्रममा उनले आफुहरू कर्म गरेर परिचय साट्छौँ भन्दै झण्डामा नक्शा टासेर होइन भनि व्यङ्ग्य समेत कसे। हाम्रो घर आफ्नो भर" मा अब चलाउनु पर्छ। हामी अब आफ्नै खुट्टामा उभिनु अति नै जरुरी छथापाले नयाँ नारा दिँदै भने। यसक्रममा उनले आफ्नो परिवर्तन यात्राका सहयात्रीको जोश अनि उमङ्ग भोटको निम्ति होइन, गोर्खाल्याण्डको निम्ति होइन तर यथार्थवादी राजनीति कसरी गर्नु त्यो देखाउनु थियो त्यहीँ हो भनेका छन्।

उनले आफुहरूले नयाँ गोरेटो कोर्दैछौ भन्दै पहाडका बुद्धिजीवीले आएर नयाँ घडेरी निर्माण गर्नुपर्ने आह्वान पनि गरे। गोर्खाल्याण्ड ल्याउनु सक्ने क्षमता तपाईँहरूमा नै छ। बुद्धिजिवीले आएर ललकोठी चलाउनु पर्छ, एम एल ए बन्नु पर्छ। हामी जमीनमा गएर जनताको निम्ति काम गर्नेछौथापाले भने। यसक्रममा उनले ८६ देखिको एकलकाँटे नीतिलाई त्यागेर अब "हामी" भएर नयाँ पहाडको निर्माण गर्नु पर्छ भन्ने आह्वान पनिगरे।

केहि दिन अघि दार्जीलिङको जनसभाबाट विमल गुरुङले रातो झण्डा देखाएर खेद्न नपरोस् भनि दिएको बयानको पनि थापाले टिप्पणी गरेका छन्। आज देखि अनित थापा दार्जीलिङमा बस्छ। यहाँको अभिभावक बनेर बस्छ। अब अनित थापालाई खेदेर देखाउ। हामी विमल गुरूङको बत्ती पातले बसमा नै निभाई दिनेछौ” – अनित थापाले विमल गुरुङलाई जवाब दिँदै भने।

उनले आफुहरू जीटीएको सत्तामा बसेपछि पहाडमा धेरै कार्य गरेको पनि दाबी गरे। हामीले राज्य को युनिभर्सिटी ल्यायौ, कोभिद् अस्पताल ल्यायौ, तिमीले के गर्यौ?” थापाले प्रश्न गरे। 

भाषणको क्रममा थापाल;ए विस्थापित बनेका युवाहरूलाई गलत नेताको पक्षमा रहेको स्मरण गराउँदै आफ्नो ढोका जहिल्यै खुल्ला रहेको बताए। विस्थापित भाइहरु , तिमीहरू गलत नेताको हातमा छौं। यदि तिमीहरू चाहन्छौ भने तिमीहरूको रोजगार, घरको जिम्मा हामी लिनेछौ। तिमीहरूको त्याग अनि बलिदानको म कदर गर्छु। अनित थापाको घरको ढोका तिमीहरूको निम्ति सदैव खुल्ला छथापाले भने।

No comments:

Post a Comment

Post Bottom Ad