कालेबुङमा जातीय कवि अगमसिँह गिरीको सालिक अनावरण गरिने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, December 23, 2020

कालेबुङमा जातीय कवि अगमसिँह गिरीको सालिक अनावरण गरिने

गफसफ.com, 22  दिसम्बर 2020, कालेबुङ ।

जातीय कवि अगमसिँह गिरीको सालिक आगामी 27 दिसम्बर गिरी जयन्तिको दिन कालेबुङको त्रिकोण पार्कमा अनावरण गरिने भएको छ। यसबारे आज सालिग निर्माण समितिका अध्यक्ष भुवन पी. खनालले पत्रकारहरूलाई जानकारी गराएका छन्। जातीय गौरवको सालिग कालेबुङमा खड़ा गर्न पाउँदा अपार हर्ष लागेको खनालले बताउँदै आफूहरूले २० अगस्त भाषा दिवसका दिन गरेको घोषणा पूरा गरिरहेको बताएका छन्।


कालेबुङ शहरको प्रमुख स्थान त्रिकोण पार्कमा कवि गिरीको सालिग अनावरण गरेपछि कालेबुङ रामकृष्ण रङ्गमञ्चमा गिरी जयन्ती पालन गरिने बताउँदै सोही दिन 'माटोको माया' अनि 'बास सल्किरहेछ' जस्ता चर्चित उपन्यासका लेखक भगीरथ रावतलाई साहित्य सम्मान अनि शिक्षाविद् कुमार छेत्रीलाई शिक्षा सम्मान प्रदान गरिने पनि अध्यक्ष भुवन पी. खनालले जनाएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad