रोशन गिरी-दिपेन माले कोलकोताबाट पहाड प्रस्थान ; अनित थापाले भने – हामी बाधा दिँदैनौ, तर उनीहरू पहाड आउनुको उद्देश्य के हो त्यो हेर्दैछौ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 27, 2020

रोशन गिरी-दिपेन माले कोलकोताबाट पहाड प्रस्थान ; अनित थापाले भने – हामी बाधा दिँदैनौ, तर उनीहरू पहाड आउनुको उद्देश्य के हो त्यो हेर्दैछौ

गफसफ.com, 28 नोभेम्बर 2020, कालेबुङ ।

तीनवर्ष यता विस्थापित जीवन बिताइरहेका गोजमुमो विमल गुटका महासचिव रोशन गिरी अनि दिपेन माले कोलकोताबाट खर्साङ प्रस्थान गरेका छन्। उनीहरू भोलि खर्साङमा हुने जनसभामा सहभागी बन्न आज कोलकोताबाट प्रस्थान गरेका हुन्। यसक्रममा कोलकोतामा विस्थापित जीवन बिताइरहेका अन्यले उनीहरूलाई खदा माला लगाएर पहाड प्रस्थानको निम्ति शुभकामना दिएका छन्।


गत 21 अक्टोबर 2020 का दिन कोलकोतामा विमल गुरुङ-रोशन गिरीहरूले तृणमूल नेत्री ममता व्यानर्जीलाई समर्थनको घोषणा गरेपछि विस्थापित जीवन विताइरहेका रोशन गिरी अनि दिपेन मालेको 2017 को आन्दोलन पछि पहिलो पहाड आगमन हो। रोशन गिरी 2017 को आन्दोलनको क्रममा दिल्ली पुगेर भारतीय जनता पार्टीका नेताहरूलाई भेट्ने कार्य गरिरहेको अवस्थामा यता पहाडबाट विमल गुरुङ भूमितग बनेपछि उनी पनि भूमिगत बन्न परेका थिए।

त्यस समयदेखि नै भाजपासँग लगातार राजनैतिक सम्बन्ध बनाएर कार्य गर्दै आए पनि आखिरमा भाजपा गोर्खा समुदायका 11 जात गोष्ठिलाई जनजातिको मान्यता अनि स्थायी राजनैतिक समाधानको पहल नगरेपछि विमल गुरुङ-रोशन गिरीहरूले 20 अक्टोबर 2020 का दिन बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई समर्थन गरेको हो। ममता ब्यानर्जीलाई समर्थन गरेकै कारण उनीहरू पहिलोपल्ट पहाडमा जनसभालाई सम्बोधन गर्न कोलकोताबाट प्रस्थान गरेका हुन्।

अनित थापाले भने –“हामी उनीहरू पहाड आउनुको उद्देश्य के हो त्यो हेर्दैछौ

कोलकोताबाट रोशन गिरी अनि दिपेन माले खर्साङमा सम्पन्न हुने जनसभामा सहभागी बन्न प्रस्थान गरेको खबर आउनसाथै यता अनित थापाले प्रतिक्रिया दिएका छन्। उनले उनीहरूलाई बाधा दिने कुनै योजना नरहेको भन्दै पहाड आउनुको पछि के उद्देश्य छ त्यो हेरिरहेको बताएका छन्।

२०१७ को आन्दोलन चरम सीमामा हुँदा पहाडका जनतालाई बिचल्लीमा छोडेर जाने व्यक्ति यिनै रोशन गिरी हुन्। जनताले खेदेर, राज्यले खेदेर उनले पहाड छोडेका होइनन्। हामीले ठूलो रिस्क लिएर राज्य सरकार संग मिलेर पहाडमा शान्ति ल्याउनु सक्यौं। अब पनि पहाडमा हामी शान्ति कायम राख्न कटिवद्ध छौअनित थापाले भने।

उनले प्रतिक्रिया दिने क्रममा विमल गुरुङ गुटका कार्यकर्ताहरूले बदलाको मनोभाव लिएर कार्य गरिरहेको आरोप समेत लगाएका छन्। यदि बद्लाको भावना लिएर कार्य गरे झडप निश्चय हुने पनि उनले बताएका छन्। हामी उनीहरूलाई बाधा दिने मान्छे अनि पार्टी होइनौ। हामीलाई बाधा दिने मुड पनि छैन। हामी उनीहरू पहाड आउनु को मक्सद के हो, त्यो हेर्दैछौ। उनीहरूको कार्यकर्ताहरु बदलाको मनोभाव लिएर काम गर्दैछन। यदि यस्तो भयो भने झडप त हुन्छ नैअनित थापाले भने।

यसक्रममा थापाले विगत तीन वर्ष देखि पहाड शान्तिमा राखेका छौँ अनि अनि अझ राख्नेछौँ भन्दै पहाड आउनेहरूले कुन उद्देश्यले आउने हुन् त्यो हेर्नपर्ने रहेको बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad