अनित थापाको गडमा भोलि रोशन गिरीको जनसभा : गोजमुमो विमल-विनय गुटमा पुन: पहाडको सत्ता कब्जाको खेल सुरु ? - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 27, 2020

अनित थापाको गडमा भोलि रोशन गिरीको जनसभा : गोजमुमो विमल-विनय गुटमा पुन: पहाडको सत्ता कब्जाको खेल सुरु ?

गफसफ.com, 28 नोभेम्बर 2020,कालेबुङ ।

गोर्खा जनमुक्ति मोर्चा विमल गुटका महासचिव रोशन गिरी अनि दिपेन माले 2017 को आन्दोलनपछि भोलि पहिलोपल्ट सार्वजनिक रूपले जनता अघि आउँदै जनसभालाई सम्बोधन गर्ने भएका छन्। वर्तमान जीटीए अध्यक्ष एवम् गोजमुमो विनय गुटका महासचिव अनित थापाको गड मानिने खरसाङमा आयोजित जनसभामा रोशन गिरी अनि दिपेन मालेले सम्बोधन गर्ने भएका छन्।


गत 21 अक्टोबर 2020 का दिन भूमिगत बनेका नेता विमल गुरुङले कोलकोतामा ममता ब्यानर्जीलाई समर्थन गर्ने घोषणा गरेपछि यता महासचिव रोशन गिरीहरू विस्थापित जीवनपछि भोलि पहिलोपल्ट सार्वजनिक जनसभामा देखिनेछन्। ममता ब्यानर्जीकै कारण आफुहरू भूमिगत बन्न परेको सुरुमा दाबी गर्ने विमल गुरुङ-रोशन गिरीहरूले अहिले भाजपासँग गठबन्धन तोडेर नै पहाड चड्ने बाटो बनाएका हुन्। यद्यपी अघिबाटै ममता ब्यानर्जीसँग राजनैतिक सम्बन्ध स्थापित गरिसकेका विनय तामाङ-अनित थापाहरूसँग भने विमल गुटहरूको राजनैतिक सम्बन्ध कस्तो हुने हो भन्ने प्रश्न उब्जिरहेकै छ।  

गोजमुमो विमल गुट खर्साङ महकुमा समितिद्वारा आयोजित जनसभाका निम्ति रोशन गिरी अनि दिपेन माले आज नै पहाड चड्ने भएका छन्। उक्त कुराको जानकारी गोजमुमो विमल गुटले आफ्नो सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेको छ। विगत साढे तीन वर्ष देखि विस्थापित जीवन व्यतित गरिरहेका गोर्खा जनमुक्ति मोर्चा महासचिव श्री रोशन गिरी अनि दिपेन माले भोली दार्जीलिङ पहाड़ चढ्नेछ। आगामी मिति २९.११.२०२० आईतबारको दिन खरसाङमा हुने वृहत जनसभाको निम्ति आफ्नो उपस्थिति साथै वक्तव्य राख्नको निम्ति रोशन गिरी खरसाङ पुग्नेछन्। महासचिव रोशन गिरी संग युवा मोर्चा केन्द्रिय नेतृत्व श्री दिपेन माले पनि खरसाङ पुग्नेछन्गोजमुमो विमल गुटले सार्वजनिक गरेको सूचनामा लेखेको छ।

No comments:

Post a Comment

Post Bottom Ad