कल्याण देवान भाजापा जिल्ला अध्यक्ष नियुक्त : भने – “तृणमूलसँग मिल्नेहरूले जातिको कालो इतिहास लेख्दैछन्” - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 28, 2020

कल्याण देवान भाजापा जिल्ला अध्यक्ष नियुक्त : भने – “तृणमूलसँग मिल्नेहरूले जातिको कालो इतिहास लेख्दैछन्”

गफसफ.com, 29 नोभेम्बर 2020, कालेबुङ ।

गोजमुमो विमल गुटका उपाध्यक्ष पदबाट राजीनामा दिएका कल्याण देवानलाई भारतीय जनता पार्टीले दार्जीलिङ जिल्ला अध्यक्षको पदमा नियुक्ति दिएको छ। पश्चिम बङ्गाल भाजपा अध्यक्षको पक्षमा राज्यका भाजपा उपाध्यक्ष प्रताप ब्यानर्जीद्वारा हस्ताक्षरित पत्रद्वारा यसबारे पुष्टि गरिएको छ। भारतीय जनता पार्टीले मलाई यति ठूलो पदभार सुम्पिनु मेरो निम्ति सौभाग्य हो। यतिठूलो जिम्मेवारी दिने भाजपाप्रति आभारी छुकल्याण देवानले यसबारे प्रतिक्रिया दिँदै भने।


गोजमुमो पार्टीका संस्थापक अध्यक्ष विमल गुरुङले भाजपासँग गठबन्धन तोडेर ममया ब्यानर्जीलाई समर्थन घोषणा गरेपछि रूष्ठ बनेका उपाध्यक्ष कल्याण देवानले गोजमुमो विमल गुटबाट राजीनामा दिएका थिए। त्यसपछि उनले आजको समयमा भाजपाले नै गोर्खाहरूको पक्षमा केहि राम्रो कार्य गर्ने आस्था रहेको दाबी गरेका थिए भने भाजपामा सामेल हुनेबारे भने आधिकारिक पुष्टि गरेका थिएनन्।

गोजमुमो विमल गुटबाट राजीनामा दिएका कल्याण देवानलाई आखिरमा भाजपाले दार्जीलिङ जिल्लाकै साङ्गठनिक अध्यक्षको पदभार सुम्पेको छ। उनले आफ्नो प्रतिक्रिया दिने क्रममा भाजपाले नै गोर्खाहरूलाई संवैधानिक सुरक्षा प्रदान गर्ने कुरामा आफु विश्वस्त रहेको पनि बताएका छन्। गोर्खाहरूको समस्यालाई लिएर भाजपाले जुन संकल्प गरेको छ त्यसमा म विश्वस्त छु। भाजपा सरकारले नै गोर्खाहरूको निम्ति केहि गर्नेछ भन्ने मेरो भरोसा छदेवानले भने।

देवानले गोर्खा जनमुक्ति मोर्चा पार्टीको गठनदेखि नै आफुहरू गोर्खाल्याण्डको निम्ति लडीरहे पनि आखिरमा सबै नेताहरू तृणमूल कङ्ग्रेस पार्टीसँग सम्झौता गर्नु अत्यन्त्यै दुर्भाग्यपूर्ण रहेको पनि बताएका छन्। हामीले गोर्खाल्याण्ड भनेर 2007 देखि गोजमुमो मार्फत योगदान दिँदै आएका हौँ। तर आज दुर्भाग्यवस टीएमसीसँग सम्झौता गरेपछि गोर्खाल्याण्डको सान्दर्भिकतामाथि नै ठूलो प्रश्न उठ्यो। हामी भाजपाले भनेको पीपीएसभित्र त्यो गोर्खाल्याण्डको  सम्भावना देखेका थियौँ। पीपीएस अन्तर्गत गोर्खाहरूलाई संवैधानिक समाधानबारे चाँढै भविष्यमा अहम निर्णय केन्द्र सरकारले गर्नेछ भन्ने कुरामा मलाई विश्वास रहेको छकल्याण देवानले भने।

यता विमल गुरुङहरूले ममता ब्यानर्जीलाई समर्थन गरेपछि पहाडको बद्लिँदो राजनैतिक स्थितिमा उनले सबैलाई शान्ति बनाउने अपिल गर्दै अशान्ति सिर्जना भए त्यसले सम्पूर्ण मानिसहरूलाई नै प्रभावित पार्ने बताए। विमल गुरुङहरूले ममता ब्यानर्जीलाई समर्थन गरेपछि पहाडका आम जनता भने पटक्कै खुशी नरहेको पनि दाबी गरेका छन्। यसक्रममा विस्थापित जीवन बिताइरहेका आफ्ना दाजु भाइहरू घर फर्कन्दा सबैले स्वागत गर्नुपर्ने अनि त्यसमा कसैले बदलाको भावनाले राजनीति गर्न नहुने पनि बताएका छन्।

आज बिस्थापित जीवनबाट कानुनीरूपले छुटेकाहरू घर फर्कन्दा सबैले स्वागत गर्नुपर्छ। उनीहरू हाम्रै दाजुभाइ हुन्। उनीहरू तृणमूलमा जाँदा पहाडमा आम जनता सन्तुष्ट छैनन् नै तर, घर फर्कनु उनीहरूको मानव अधिकार होकल्याण देवानले अझ भने – ‘एकदुईजनता स्वार्थी नेता भनौदाहरूको पछि लागेर जनताले अशान्ति गर्नेछैन भन्ने विश्वास छ।

देवानले विमल गुरुङहरूले तृणमूल कङ्ग्रेससँग राजनैतिक सम्बन्ध बनाउने कार्य भविष्यमा जातिको निम्ति अझ घातक रहेको पनि बताएका छन्। उनले भने – ‘गोजमुमोको नेतृत्वमा अत्यन्त्यै अत्पट्याङ निर्णय लिनेहरू छन्। केहि भन्न गाह्रो छ। हामी एक भएर गोर्खाल्याण्डको निम्ति आन्दोलन गरेका हौँ तर साथीहरू जातिलाई मुक्ति हुन नदिने तानाशाही जञ्जीरको साङ्ग्लो अझै दह्रिलो बनाउने कार्य गर्दैछन्। तृणमूलसँग मिल्नेहरूले जातिको कालो इतिहास लेख्दैछन्, यो दुखद् हो। जाति उन्मुक्ति भन्नेहरूले नै जनतालाई तानाशाही जञ्जीरभित्र अझै कञ्जाउने कार्य गरिरहेको छ। यो कार्य भविष्यमा कालो इतिहास बनिनेछ।

No comments:

Post a Comment

Post Bottom Ad