विमल गुरूङसँग लगातार सम्पर्कमा छु, चुनाव अघि धेरै फेरबदल देख्न सक्नेछौँ – राजु विष्ट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 7, 2020

विमल गुरूङसँग लगातार सम्पर्कमा छु, चुनाव अघि धेरै फेरबदल देख्न सक्नेछौँ – राजु विष्ट

गफसफ.com, 7 नोभेम्बर 2020, सिलगडी ।

“गोजमुमो अध्यक्ष विमल गुरुङसँग मेरो व्यक्तिगत सम्बन्ध एकदमै राम्रो छ। म विमल दाजु अनि उनका विस्थापित नेताहरूलाई आदार गर्छु। यसका साथै आजसम्म पनि मेरो विमल (दाजु) गुरुङसँग सम्बन्ध उत्तिकै छ अनि म लगातार उनीसँग सम्पर्कमा छु’ उक्त कुरा भाजपा राष्ट्रिय प्रवक्ता एवम् दार्जीलिङ लोकसभा सांसद राजु विष्टले भनेका हुन्। उनले आज बाघडोग्रा विमानस्थलमा ओर्लेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै विमल गुरुङसँग सम्पर्कमा रहेको स्पष्ट पारेका हुन्।

Raju Bista

“विमल गुरुङले भलै राजनैतिक रूपले आज टीएमसीमा प्रवेश गरेपनि उनी गोर्खा हुन् अनि म पनि एक गोर्खा भएको नातामा राजनैतिक रूपले बेग्ला बेग्लै देखे पनि भित्र मनबाट एक हौँ’ राजु विष्टले अझ भने –“विमल गुरुङ अनि उनका सहयोगी नेताहरूलाई टीएमसीमा जान किन पर्‍यो भन्ने कुराको स्पष्ट जवाब त उनीहरूले नै दिनेछ। तथापी, चुनाव आउनका निम्ति अझै सात महिना समय छ। यसकारण यस्तो फेरबदल अझै देख्न सक्नेछौँ।’

उनले विमल गुरुङले भाजपा छोडेर तृणमूलमा जानेछ भने कहिल्यै नसोँचे पनि आज राजनीतिमा सबथोक सम्भव हुँदो रहेछ भन्ने थाह भएको विष्टले बताए। “मेरो राजनैतिक समज अलिक कजोड हुनै सक्छ। तर, मैले विमल गुरुङले भाजपा छोडेर तृणमूलमा जानेछ भनेर सपनामा पनि सोँचेको थिइन्। तर, यो भयो’ राजु विष्टले भने।

हालमा भाजपाले गोर्खाहरूलाई गरेको वाचा पुरा नगरेको कारण नै उनीहरूले भाजपाको साथ छोडेको भन्ने कुरा जनतालाई बुझाउन खोजिरहे पनि आफु सांसद बनेपछि जुन कार्यहरू गर्न सके त्यसमा आफु पूर्णरूपले सन्तुष्ट रहेको पनि बताए। यसक्रममा उनले भाजपाले जे वाचा गर्छ त्यो पुरा गर्छ भन्दै धारा 370 र राम मन्दिरको मुद्दालाई समेत भाजपाले पुरा गरेको दाबी गरे।

“भाजपाले गोर्खाहरूको एघार जात गोष्ठिलाई जनजातिको मान्यता दिन अनि स्थायी राजनैतिक समाधानको जुन वाचा गरेको छ, यसबारे जनताले पनि भाजपालाई अब के कारणमा भोट दिनु भन्छन्। म मेरा जनतालाई आश्वस्त गराउन चाहन्छु कि चुनाव अघाडी भाजपाले त्यो चिज जनतालाई दिनेछ अनि उनीहरूले त्यसबेला भाजपालाई नै खुलेर सहयोग गर्नेछन्” सांसद राजु विष्टले भने।  

“गोर्खा अनि भाजपा अनि गोर्खामा एक प्राकृतिक सम्बन्ध छ। भाजपा कट्टर देशभक्त हुन्छन् भने गोर्खा पनि कट्टर देशभक्त हुन्। यसकारण भाजपा अनि गोर्खामाझमा प्राकृतिक सम्बन्ध रहिरहनेछ’ राजु विष्टले भने। यसक्रममा विमल गुरुङले बिचेमा छोडेर जाँदा धेरै दुख लागेको बताए।

उनले पत्रकारहरूले सोधेको प्रश्नको जवाबमा विमल गुरुङ हाल कोलकोतामा रहेको समस्यमा यता दार्जीलिङ पहाडमा भने तृणमूल कङ्ग्रेसले नै विनय तामाङहरूसँग मिलेर विमल गुरुङको विरोधमा जुलुस निकाल्नु ‘फुटाऊ अनि राज गर’ को उदाहरण रहेको पनि आरोप लगाए।

No comments:

Post a Comment

Post Bottom Ad