गफसफ.com, कालेबुङ, 9 अक्टोबर 2020 ।
दार्जीलिङ जिल्ला पुलिसले तीनजना व्यक्तिलाई १३० वटा सुनको बिस्कुटसँगै पक्राऊ गरेको छ। उक्त सुन २१ केजी भन्दा धेर रहेको छ भने वर्तमान बजारको मूल्य अनुसार ३० करोड भन्दा धेरै धनराशि मूल्य रहेको छ। पक्रा पर्नेहरूमा वाहनका चालक मोहम्मद अफ्रोच अनि दुईजना मुम्बईका बासिन्दाहरू क्रमैले शशिकान्त शंकपाल (29) अनि अनिल गुमाडे (40) रहेको छ।
![]() |
उद्दार गरिएको सुनसहित दार्जीलिङ पुलिस दल |
पुलिसले नाका चेकिङको क्रममा एउटा वाहनबाट सुनको १३० वटा बिस्किट फेला पारेपछि वाहनका चालक अनि सवार दुवैलाई पक्राऊ गरेको हो। दार्जीलिङ जिल्ला पुलिस अधिक्षक सन्तोष निम्बलकरले यसबारे एक पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका छन्।
नाका चेकिङको क्रममा ए.एस.आई कैलाशचन्द्र सिंह, कन्सटेबल सुमित बर्मन अनि सिभिक अशोक दास लगायत पुलिस एक्साईस विभागका लेडी एस.आई प्रीयङ्का बर्मन, एस.आई. रुबिना सुब्बा, ए.एस.आई सुनिता परियार आदिले चेकिङको क्रममा सन्दिग्ध अवस्थामा वाहनमा जाँछ गर्दा उक्त ३० करोड भन्दा धेर मूल्य रहेको सुन फेला पारेको दार्जीलिङ जिल्ला पुलिस अधिक्षकले जानकारी दिएका छन् ।
"नाका चेकिङको समय WB-74-7178 नम्बर भएको बाहनबाट १३० वटा सुनको बिस्किट फेला परेको हो। त्यसपछी वाहनमा सवार दुई व्यक्ति लगायत चालकलाई पक्राऊ गरिएको छ। उनीहरू विरुद्ध खोरीबारी थाना अन्तर्गत भारतीय दण्ड सांहिताको धारा 379, 411 अनि 430 अन्तर्गत मुद्दा दर्ता गरेर थप जाँचा कार्य सुरु गरेका छौं" जिल्ला पुलिस अधिक्षक सन्तोष निम्बलकरले भने।
उनले यसक्रममा पक्रा परेकाहरूबाट केहि रूपियाँ अनि 5 वटा मोबाइल फोन र कागतपत्र समेत फेला पारेको बताएका छन्।
No comments:
Post a Comment