जीटीए कर्मचारीवर्गको संवेदनशील मुद्दालाई पार लगाउने हाम्रो जिम्मेवारी हो – विनय तामङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 7, 2020

जीटीए कर्मचारीवर्गको संवेदनशील मुद्दालाई पार लगाउने हाम्रो जिम्मेवारी हो – विनय तामङ

 गफसफ.com, 7 नोभेम्बर 2020, कालेबुङ ।

जीटीए क्षेत्रका कर्मचारीवर्गलाई लिएर आगामी 9 नोभेम्बरका दिन खर्साङमा एक सभा सम्पन्न हुने भएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीसँग वैठक गरेर फहाड फर्किएका गोजमुमो अध्यक्ष विनय तामङले यसबारे जानकारी दिएका छन्। उनले उक्त सभामा दार्जीलिण्ग़, कालेबुङ, मिरिक आदि क्षेत्रका जीटीए कर्मचारीवर्गलाई उपस्थित भइदिने अपिल गरेका छन्।

BInay Tamang

उक्त सभामा जीटीएका अध्यक्ष जीटीए अध्यक्ष अनित थापा विशेष रूपले उपस्थित हुने जानकारी दिँदै उनले जीटीए कर्मचारीवर्गको मुद्दालाई लिएर आफुहरू संवेदनशील रहेको बताए। यसक्रममा उनले गत 30 सितम्बरका दिन उत्तर कन्यामा सम्पन्न प्रशासनिक वैटःअकमा जीटीए अध्यक्ष अनित थापा अनि आफुले जीटीए कर्मचारीवर्गको माग उठान गरेको बताउँदै पछिबाट पुन: मुख्यमन्त्रीसँग वैठक बसेर उक्त मुद्दा उठान गरेको जानकारी दिएका छन्।

सोहिक्रममा विनय तामङले केहिदिन अघि नवन्नामा मुख्यमन्त्रीसँग बसेको वैठकमा जीटीएको विविध समस्या, सिन्कोनाबारे समस्या लगायत जीटीए कर्मचारीवर्गको मुद्दाबारे चर्चा भएको दाबी गर्दै जीटीए कर्मचारीको समस्यालाई कसरी पार लगाउनपर्ने भन्ने विषयमा कार्यरत रहेको उनले बताएका छन्। ‘जीटीए कर्मचारीवर्गको समस्या संवेदनशील रक़्हेको कारण यसलाई हामीले गम्भीरतासँग लिएर पार लगाउन कार्य गरिरहेका छौँ। जीटीए अध्यक्ष अनित थापा पनि यसबारे लागिपरेका छन्। यसलाई पार लगाउने हाम्रो जिम्मेवारी हो’ विनय तामङले भने।

उनले नवन्नामा सम्पन्न वैठकपछि आफुहरूले उठान गरेका मागहरूको समस्या समाधान गर्न सम्बन्धित विभागहरूलाई मुख्यमन्त्रीले निर्देश दिएको जानकारी दिँदै चाँढै सम्बन्धित विभागहरूको आधिकारिक वैठक हुने पनि जनाएका छन्। यसबारे जीटीए कर्मचारीवर्गको माग कहाँसम्म पुगेको छ भन्ने कुराबारे अवगत गराउन अनि भविष्यमा के कस्ता कार्यहरू हुनेबारे अवगत गराउन नै वैठक आयोजना गरेको पनि तामङले जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad