पहाड चडेका रोशन गिरीले थोरै विनय-अनितलाई अनि धेरै भाजपालाई गाली गर्नमा नै समय खर्चे - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, November 29, 2020

पहाड चडेका रोशन गिरीले थोरै विनय-अनितलाई अनि धेरै भाजपालाई गाली गर्नमा नै समय खर्चे

गोर्खाल्याण्डको मुद्दा बेचेका छैनौँ, ममता ब्यानर्जीलाई सघाउनु राजनैतिक रणनीति होरोशन गिरी

गफसफ.com, 29 नोभेम्बर 2020, खर्साङ ।

गोर्खाल्याण्डको आन्दोलन 2017 मा विनय तामङ र अनित थापाले बिक्री गर्दा हामी विस्थापित बन्न पर्योे। हाम्रो यो वितेको साढेतीन वर्ष धेरै कष्टपूर्ण रह्योउक्त कुरा गोजमुमो विमल गुटका महासचिव रोशन गिरीले भनेका हुन्। सम्बोधनको सुरुमा नै विनय तामङ र अनित थापाको नाउँ लिएर गोर्खाल्याण्ड मुद्दा बिक्री गर्नेहरूभने पछि उनको धेरै समय भने भाजपालाई दोषारोपण गर्नमा नै रहेको थियो।


भाजपाले गोर्खाहरूलाई न्याय नदिएको भन्दै आफुहरूलाई भाजपाले केवल आश्वासन मात्रै दिएको आरोप लगाए। यसक्रममा उनले गोर्खाहरूको माग समाधान गर्नका निम्ति भाजपाको केन्द्रिय नेतृत्वदेखि लिएर राज्यका नेतृत्ववर्गलाई भेटेर बुझाउने कार्य गरेपनि उनीहरूले केवल आश्वासन मात्र दिएको आरोप लगाए। यसका साथै प्रधानमन्त्री नरेन्द्र मोदी आफैले घोषणा गरेको एघार जनजातिको मुद्दा, पर्मनेन्ट पोलिटकल सल्युसन केवल आश्ववनमा मात्र सिमित रहेको बताए। भाजपाको कोल्टेनीति मात्रै छ। हाम्रो मुद्दासँग भाजपालाई कुनै सरोकार छैन। उनीहरूलाई केवल आफ्नो पार्टी विस्तार गर्नुमात्रै छरोशन गिरीले भाजपाको कडा आलोचना गर्दै अझ भने – “भाजपालाई 2009 देखि सघाउँदै आयौँ तर अहिले केवल एघार जनजातिको मुद्दा पनि असम चुनाव के बाद देखे लेंगेभन्दैछ।


भाजपाले गोर्खाहरूलाई अहिलेसम्म केहि नदिएको भन्दै रोशन गिरीले नेपाली भाषा मान्यता, दागोपाप अनि जीटीए कङ्ग्रेसले दिएको तर भाजपा आएपछि केहि नगरेको बताए। गृहमन्त्री अमित शाहलाई भेट गर्दा उनले पर्मनेन्ट पोलिटल सल्युसनको निम्ति वार्तामा बोलाउँछु भन्यो तर, जीटीएको रिभ्यु मिटिङ भनेर बोलायो। अर्कोचोटी गोर्खाल्याण्डको सभा भनेर पत्र आयो तर, 12 घण्टा नबित्दै पत्र परिवर्तण भयो। यो भाजपाको दोहोरो चरित्र होरोशन गिरीले भने।

उनले यतिका वर्षसम्म भाजपाले केहि गर्छ भनेर सहयोग गरेको अनि तीनवटा सांसद जिताएर पठाउनको साथै विधानसभा उपचुनावमा निरज जिम्बालाई बिजयी बनाएर पठाउँदा समेत भाजपाली केहि नगरेकै कारण आज चुनावी रणनीति आफुहरूले परिवर्तन गर्न बाध्य भएको उनले बताए। केन्द्र सरकारको ईच्छाशक्ति भएको कारण तेलेङ्गना राज्य, छत्तिसगढ, झारखण्ड बनिएको दाबी गर्दै उनले केवल गोर्खाल्याण्डकै निम्ति मात्र केन्द्रले त्रीपक्षिय वार्ताको कुरा गरिरहेको उनले बताए।

हामीले गोर्खाल्याण्डको मुद्दा हामी पर परेका छैनौँ तर, 2021 को बङ्गालको विधानसभा चुनावमा हाम्रो चुनावी रणनीति अनुसार ममता ब्यानर्जीलाई मुख्यमन्त्री बनाउनेछौँ। हामीले यो चुनावलाई हेरेर बनाएको रणनीति हो, गोर्खाल्याण्डको मुद्दा बिक्री गरेको होइनरोशन गिरीले भने। उनले गोर्खाल्याण्डको मुद्दा बिक्री नगरेको दाबी गर्दै यो केवल राजनैतिक रणनीति हो भने।

उनले पहाडमा विनय तामङ र अनित थापाले 2017 यता विस्थापित परिवारहरूलाई केवल यातना मात्र दिने कार्य गरेको आरोप लगाए। 2017 को आन्दोलनले केहि उपलब्धी ल्याउँछ भन्ने सोँचेको समयमा उनीहरूले गोर्खाल्याण्डको आन्दोलनलाई बिक्री गरेको सर्वविधित नै छरोशन गिरीले भने।

गिरीले सम्बोधनको क्रममा मोर्चा अध्यक्ष विमल गुरुङ कोलकोताबाट फर्केर पहाड आउनको साटो तराई डुवर्समा नै केन्द्रित बनेर कार्य गर्ने स्पष्ट सङ्केत पनि दिएका छन्। उनले भने –‘आज अध्यक्ष विमल गुरुङ फर्केर, तराई डुवर्समा समावेश भएर आज यो क्षेत्रमा गणतन्त्र पूर्ण बहाली गर्न चाहनुहुन्छभने। यद्यपि उनले गुरुङ पहाड फर्कने कुरा पनि गरेका छन्।

उनले जीटीएमा भ्रष्टचार रहेको दाबी गर्दै ममता ब्यानर्जीले जीटीएलाई 17 सय करोड दिएको दाबी गर्दै उक्त धनराशीको लेखाजोखा सरकारले गर्नुपर्ने माग गरेका छन्। 70 प्रतिशत पैसा खाएको अनि 30 प्रतिशत मात्र काम भएको छ। यसको लेखजोखा हुनपर्छ। भाइभतिजावाद भएको छ, त्यसको लेखजखा हुनपर्छगिरीले भने। आफुहरूले प्राथमिक पाठशाला अनि माध्यमिक विद्यालयहरूमा शिक्षक नियुक्ति गर्दा कसैबाट पैसा लिने कार्य नगरेको दाबी गर्दै विनय तामङ र अनित थापाले शिक्षक नियुक्तिमा पैसा लिएर भ्रष्टचार गर्ने कार्य गरेको आरोप पनि लगाए।

भाजपालाई कसैले सहयोग गर्नुहुँदैन। हामीले भाजपालाई 15 वर्षको समय दियौँ तर, भाजपाले हाम्रो यत्रो समय नष्ट गरेको छरोशन गिरीले भने। उनले सम्पूर्ण जनताले विमल गुरुङलाई सथ दिनका निम्ति अघि आउने बताउँदै आगामी 6 दिसम्बर विमल गुरुङको सिलगडी आगमन हुने अनि स्वागतको निम्ति सबै अघि आइदिने आह्वान गरेका छन्।  यसक्रममा उनले अध्यक्ष विमल गुरुङ सिलगडीमा नै बसेर कार्य गर्ने पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad