गोजमुमो विनय गुटको कर्मी सभा सम्पन्न ; अनित थापाले भने – “आज मिल्नेहरूले त्यसबेला सोँचेका भए हाम्रा दाजु भाइ सहिद हुने थिएनन्” - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 27, 2020

गोजमुमो विनय गुटको कर्मी सभा सम्पन्न ; अनित थापाले भने – “आज मिल्नेहरूले त्यसबेला सोँचेका भए हाम्रा दाजु भाइ सहिद हुने थिएनन्”

गफसफ.com, 27 नोभेम्बर 2020,कालेबुङ ।

गोर्खा जनमुक्ति मोर्चा (विनय गुट) ले साङ्गठनिक धरातल बलियो बनाउन कर्मी सभाको आयोजना गरेको छ। कालेबुङको टाउन हलमा सम्पन्न उक्त कर्मी सभामा पार्टीका महासचिव अनित थापा विशेष रूपले उपस्थित रहेका थिए। उनले कर्मी सभापछि पत्रकारहरूसँग कुराकानी गर्दै पार्टीलाई दह्रिलो बनाउन अनि आगामी रणनीतिबारे कार्यकर्ताहरूलाई अवगत गराउनौक्त कर्मी सभाको आयोजना गरेको जानकारी दिएका छन्। रोशन राईको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा कालेबुङका 13 वटा समष्टिका प्रतिनिधीवर्ग उपस्थित रहेका थिए।



हाम्रा दाजु भाइ सहिद हुनेथिएनन्

विमल गुरुङहरूले आखिरमा ममता ब्यानर्जीलाई नै समर्थन गर्दै उनकै शरणमा पुगेपछि यता विनय तामाङ-अनित थापाहरूले विगत 2017 मा ममता ब्यानर्जीलाई समर्थन गर्नु लिएको निर्णय नै सही रहेको बारम्बार दाबी गर्दै आइरहेका छन्। उक्त दाबी आज पुन: अनित थापाले कालेबुङमा दोहोर्‍याएका छन्।

को कतिबेला मिल्छ भन्ने त्यो आ-आफ्नै सोँच हो। आज उनीहरू मिलेका छन् यसबारे कुनै टिप्पणी गर्नु छैन। तर, आज उनीहरू मिल्ने थिए भने यो कार्य 2017 मा नै गरेको भए हाम्रा दाजु भाइहरू सहिद हुनेथिएनन्। हामीले लिएको निर्णय सही थियो अनि यो आजको स्थिले झनै स्पष्ट बनेको छअनित थापाले भने।

विनय-विमल गुट भविष्यमा एउटै हुने हो त?

यता गोजमुमो संस्थापक अध्यक्ष विमल गुरुङहरू ममता ब्यानर्जीसँग मिलेपछि भविष्यमा दुई गुटमा विभाजन भएको गोजमुमो (विनय-विमल) गुटको मिलन हुनसक्ने सम्भावनाबारे प्रश्न गर्दा उनले घुमाउरो जवाब दिए। हामी 2017 देखि नै पहाडलाई राम्रो बनाउने सोँचमा छौँ। त्यहीँ  सोँचमा हामी अघि बड्नेछौँ। को कतिबेला मिल्नुपर्ने र कतिबेला बाझ्नुपर्ने भन्ने कुरा जान्नुपर्छ। हामीले समय, काल परिस्थिति हेरेर अघे बडेका हौँ। त्यसबेला अस्तव्यस्त पहाडमा शान्ति स्थापना गर्नलाई हामीले कार्य गर्यौँप अनि आज शान्ति स्थापना भएको छअनित थापाले भने।

मुर्दावादको राजनीति बन्द हुनपर्छ

अनित थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै मुर्दावादको राजनीति बन्द हुनपर्छ भनेका छन्। आजसम्म आफुले कसैलाई विरोध नगरेको स्पष्टिकरण दिँदै विरोध गर्नु केवल समयको नष्टरहेको बताएका छन्। राजनीति आ-आफ्नो ठाउँमा गर्नुपर्छ। यहाँ कसैलाई विरोध गर्नु केवल समयको नष्ट मात्रै हो। उहाँहरूको आन्दोलनको तरिका मन नपरेपछि हामी अलग भएका हौँ। विरोध गर्नेले गर्छन्। तर, अब मुर्दावादको नारा बन्द गर्नुपर्छ भन्ने हाम्रो सोँच हो’-अनित थापाले भने। 

विधानसभा चुनाव 2021उम्मेद्वार विमल गुट कि विनय गुटको?

भाजपासँग सम्बन्ध विच्छेद गरेर विमल गुरुङहरू तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जीको शरणमा पुगेपछि आगामे विधानसभा चुनावमा पहाडबाट कसको उम्मेद्वार हुने हो भन्ने प्रश्न उब्जिरहेको छ। एकातिर विमल गुरुङहरू पहाड फर्केर विधानसभा चुनाव लड्ने बयान दिइरहेका छन् भने अर्कोतर्फ पहाडको सत्ता सम्हालेर बसेका विनय तामाङ-अनित थापाहरूले पनि चुनाव लड्ने दाबी गर्दै आइरहेका छन्। यस्तो अवस्थामा कालेबुङ आइपुगेका अनित थापालाई प्रश्न गर्दा विधानसभा चुनावको समय छ, हामी समय अनुसार रणनीति तय गर्नेछौँमात्र भने।

FILE PHOTO

शिक्षक नियुक्तिमा भाइभतिजावाद हुँदैछ त
?

जीटीए क्षेत्रका विद्यालयहरूमा शिक्षक नियुक्ति प्रक्रियालाई लिएर अहिलेघरी विभिन्न स्कुलहरूमा जाँच कार्य सम्पन्न भइरहेको छ। स्कुलमा स्वंय शिक्षकहरूलाई पूर्णरूपले शिक्षकको नियुक्ति दिनका निम्ति जिल्ला शिक्षा विभागका अधिकारीवर्गले प्रार्थीहरूको जाँच कार्य गरिरहेको अवस्थामा ठाउँ-ठाउँबाट भने स्वंय शिक्षकहरूको सूची नै शंकास्पद रहेको शिक्षित बेरोजगार युवाहरूले आरोप लगाउने कार्य गरिरहेका छन्। यसबारे अनित थापालाई प्रश्न गर्दा उनले जुनै पनि व्यवस्थापा विरोध हुनु कुनै नौलो कुरा होइन। शिक्षक नियुक्तिको भेरिफिकेसन पार्दर्शी भइरहेकोभन्दै दाबी गरेका छन्।

यहाँ एसएससी जस्तो व्यवस्था हुनपर्ने हो अनि यसबारे मैले सरकारलाई लेखेर जनाउने कार्य पनि गरेको छु। हामीले दुईवटा आन्दोलनहरूमा एसएससी र ईम्प्लोइमेन्ट एक्सेञ्जहरू गुमायौँ। हाम्रो आन्दोलनको उपलब्धी यहीँ नै भयो। आज शिक्षक नियुक्तिको निम्ति जे जति हुँदैछ त्यसमा कुनै भाइभतिजावाद छैन। पारदर्शी कार्य गर्दैछौँ। केवल काम नपाउनेहरूले विरोध मात्र गरेका हुन्अनित थापाले भने।

No comments:

Post a Comment

Post Bottom Ad