गोजमुमो नेता विनय-अनितलाई पार्टीसमर्थकहरूले विमानस्थलदेखि दार्जीलिङ सम्मै गरे भव्य स्वागत - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 6, 2020

गोजमुमो नेता विनय-अनितलाई पार्टीसमर्थकहरूले विमानस्थलदेखि दार्जीलिङ सम्मै गरे भव्य स्वागत

गफसफ.com, 6 नोभेम्बर 2020, कालेबुङ । 

कोलकोताबाट फर्किएका गोजमुमो (विनय गुट) का अध्यक्ष विनय तामङ अनि महासचिव अनित थापालाई आज बाघडोग्रा विमानस्थलमा समर्थकहरूले भव्य स्वागत गरे। उनीहरूलाई बाघडोग्रा विमानस्थलमा विभिन्न स्थानहरूबाट समर्थकहरू स्वागत गर्न भीडको साथमा पुगेका थिए। बागडोग्रा विमान स्थलबाट उनीहरू दार्जीलिङ प्रस्थान गर्ने क्रममा पनि मानिसहरूले बाटोमा भव्य स्वागत जनाए।


कोलकोतामा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग वैठक गरेर फर्केका विनय तामाङ अनि अनित थापालाई स्वागत गर्न बाघडोग्रा विमानस्थलमा पुगेका मोर्चा समर्थकहरूले दुवै नेताहरूको नाउँमा जिन्दावादको नाराबाजी पनि गरे। ‘विनय तामाङ जिन्दावाद, अनित थापा जिन्दावाद !, पहाडमा शान्ति चाहिन्छ’ जस्ता नाराबाजी गर्दै समर्थकहरूले उनीहरूलाई फुलगुच्छा दिँदै स्वागत गरेपछि रोहिनी मार्ग भएर दार्जीलिङ प्रस्थान गरेका थिए। यसक्रममा उनीहरूलाई दार्जीलिङ सम्म नै स्वागत गर्नेहरूको व्यापक भीड जमेको थियो।


स्मरण रहोस्, गत तीन वर्षयता भूमिगत अवस्थामा रहेका गोजमुमो नेता विमल गुरुङ अचानक कोलकोतामा देखा परेपछि पहाडको राजनीतिमा खैलाबैला भएको छ। भारतीय जनता पार्टीले नै गोर्खाहरूको समस्या समाधान गर्ने अनि ममता ब्यानर्जीको दमनकारी नीतिको मुहतोड जवाब दिने जस्ता राजनैतिक व्यक्तव्यहरू भूमिगत अवस्थामा जारी राख्ने नेता विमल गुरुङ आखिरमा ममता ब्यानर्जीकै शरणमा परेपछि विधानसभा चुनावको ठिक अघि पहाडमा राजनैतिक पारा चढेको हो।

भूमोगत अवस्थामा रहेका नेता विमल गुरुङले अचानक कोलकोतामा देखा पर्नका साथै पत्रकार सम्मेलन गरेर  ममता ब्यानर्जीलाई आगामी विधानसभा चुनावमा जिताउने घोषणा गरेलगत्तै ममता ब्यानर्जी अनि विनत तामङ र अनित थापाहरूको वैठक भएको हो।

उनीहरू कोलकोतामा भएकै समय हिज मात्रै पुन: विमल गुरुङ पत्रकारहरूको अघि देखा परेर दार्जीलिङ नगरपालिकामा रहेका निर्वाचित 17 जना भाजपा समर्थित वार्ड पार्षदहरू आफुहरूको पक्षमा आएको बताएका थिए। त्यसपछि गोजमुमो विनय गुटका नेता केशवराज पोख्रेलले 18 जना निर्वाचित वार्ड पार्षदहरू आफुहरूको पक्षमा रहेको पत्रकार सम्मेलनमा दाबी गर्दा उक्त वार्ड पार्षदहरू समेत उपस्थित रहेका थिए। यस्तो अवस्थामा आज दार्जीलिङ फर्केका विनय तामाङ अनि अनित थापालाई विमान स्थलदेखि नै स्वागत गर्ने मानिसहरूको भीडले आगामी दिनमा पहाडको राजनीतिमा आझ रोचक मोड देख्न सक्ने सम्भावना स्पष्टै बनेको छ।

No comments:

Post a Comment

Post Bottom Ad