“भाजपाले स्थायी राजनैतिक समाधानको ढाँचा 2021 अघिनै स्पष्ट पार्नुपर्छ, नत्र अप्ठ्यारो हुनेछ” – गोरामुमो - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 7, 2020

“भाजपाले स्थायी राजनैतिक समाधानको ढाँचा 2021 अघिनै स्पष्ट पार्नुपर्छ, नत्र अप्ठ्यारो हुनेछ” – गोरामुमो

 गफसफ.com, 7 नोभेम्बर 2020दार्जीलिङ ।

भारतीय जनता पार्टीले आफ्नो संकल्प पत्रमा उल्लेख गरेको स्थायी राजनैतिक समाधानको ढाँचा आगामी 2021 को चुनाव भन्दा अघि स्पष्ट रूपले आउनुपर्छ। यदि त्यो ढाँचा स्पष्टसँग अघि आएन भने भोलिको दिनमा अप्ठ्यारो पर्न सक्छ’- उक्त कुरा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटिका अध्यक्ष अजय एडवर्डले भनेका हुन्। उनले यदि भोलिको दिनमा भाजपाले संकल्प पत्रमा उल्लेखित स्थायी राजनैतिक समाधानबारे केहि नगरे पहाडका जनता सामु भोट माग्नु साह्रो पर्ने पनि बताएका छन्।

GNLF AJAY EDWARD

दार्जीलिङ प्रेस गिल्डमा आयोजित पत्रकार सम्मेलमा बोल्दै अजय एडवर्डले अहिलेको वर्तमा राजनैतिक वातावरण बारे टिप्पणी गर्दै भारतीय जनता पार्टीलाई बङ्गाल विधानसभा चुनाव अघि गोर्खाहरूको पक्षमा सही निर्णय हुनपर्ने माग राखेका हुन्।

उनले सम्बोधनको क्रममा गोरामुमोले पहाडमा कुनै पनि राजनैतिक दलहरूले अशान्ति सिर्जना गर्न नहुने भन्दै आफुहरू पहाडको शान्तिको पक्षमा रहेको पनि बताएका छन्। यसक्रममा उनलेविस्थापित बनेकाहरू घर फर्कनु पर्ने तर पहाडमा कसैले पनि अशान्ति सिर्जना गर्न नहुने स्पष्ट पारेका हुन्। 

गोजमुमो एक अथवा दुई सम्बन्धि अहिले राजनैतिक परिस्थितिमा गोरामुमो पार्टीको कुनै टिप्पणी छैन। त्यो उनीहरूको पार्टी हो, यसकारण त्यसबारे हाम्रो भन्नु केहि छैनअजय एडवर्डले भने। यसक्रममा उनले भूमिगत अवस्थामा बसेर केहि दिन अघि कोलकोतामा सार्वजनिक भएका गोजमुमो नेता विमल गुरुङ अनि उनका विस्थापित समर्थकहरू पहाड फर्कोस् भन्ने चाहना राखेको बताएका छन्।

गोरामुमो पार्टी कसैलाई पनि घर नफर्कियोस् भन्ने चाहना राख्दैन। गोरामुमो पार्टीमाथि बरु विगतमा त्यस्तो घट्ना भयो। हाम्रै अध्यक्ष जिउँदै हुँदा घेवा खाएका हुन्। उनको श्रीमतीको मृत्यु हुँदा पहाडमा ल्याउन पनि अहिलेको गोजमुमो एक र दुईकै नेताहरू मिलेर नदिएकै हो। तर, गोरामुमो पार्टी त्यस्तो विचार राख्दैन। हामी सुद्ध मनले विगत तीनवर्ष देखि घरदेखि पलायन बनेकाहरू घर फर्कियोस् भन्ने नै चाहन्छौँअजय एडवर्डले भने। उनले अझ भने – “विमल गुरुङले पनि परिस्थितिले धेरै सिके होलान्। यसकारण अब शत्रु भनेर अर्काको घर जलाउने, पानी काट्ने प्रथा अब पहाडमा बन्द हुनपर्छ

उनले साधारण जनतालाई नडराई बस्ने अपिल गर्दै गोजमुमो एक अनि दुईका नेताहरू सबै बङ्गालको शरणमा गइसकेको कारण वितेको दुवै गुटका नेताहरूको चरित्र उदाङ्गो भएको बताएका छन्। वितेको 13 वर्षमा गोजमुमो पार्टीसँग मानिसहरू रूष्ठ भएका छन्। उनीहरूले यतिका वर्षम्म झूटो आश्वासन बाहेक केहि दिएनन्। यसकारण अहिले पहाडमा गोजमुमो (एक-दुई) विरोधी लहर सुरु भएको छअजय एडवर्डले भने।

गोर्खाल्याण्ड 2010 मा ल्याउँछु भनेर जीटीए ल्याएको अनि त्यहाँ 6 सय करोडको हिसाब कहाँ छ? 6 सय करोडले दार्जीलिङ पक्कै स्वीजरल्याण्ड हुन सक्थ्यो भन्ने आज हामीले सामाजिक कार्यहरू फरिरहँदा थाह पायौँ। तर यतिका वर्षमा केहि मानिसहरू मात्रै लखपती र करोडपती भएअजय एडवर्डले गोजमुमो विमल गुट र विनय गुटका नेताहरूको नाउँ नलिई भने। यसक्रममा गाउँका साधारण मानिसहरूको भने कुनै उन्नती नभएको भन्दै आज हामीलाई जसले सहिद बनायो उसैको अघि घुँटा टेक्न पऱ्योभने।

No comments:

Post a Comment

Post Bottom Ad