गोर्खा जातीय एकीकरणको साथमा कालेबुङमा फूलपाती शोभायात्रा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, October 23, 2020

गोर्खा जातीय एकीकरणको साथमा कालेबुङमा फूलपाती शोभायात्रा

गफसफ.com, कालेबुङ, २३ अक्टोबर २०२० 

फूलपाती महोत्सव समितिको आयोजनामा अनि गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको प्रायोजनामा आज कालेबुङमा फूलपाती महोत्सव २०२० कार्यक्रम सम्पन्न भएको छ। फूलपातीको विशेष अवसरमा आज सहरको मेला ग्राउन्डदेखि शोभायात्रा निकालेर मेनरोड,दसमाईल हुँदै बाघधारादेखि पुनः मेला ग्राउन्डमा आएपछि शोभायात्रा समाप्त भयो। 


विभिन्न विकास बोर्डका प्रतिनिधि एवम् सदस्यहरू,विभिन्न समष्टिबाट पार्टी प्रतिनिधि एवम् समर्थकहरू,गैरसरकारी संघ- संस्थाका सदस्यहरू लगायत जाति एवम् संस्कृतिप्रेमी मानिसहरू व्यापक रूपमा जातीय भेषभुषामा उपस्थित रहेर शोभायात्रा अवधि सहर परिक्रमा गरे। विभिन्न सांस्कृतिक झाँकीसहित निकालिएको फूलपाती शोभायात्रा अवधि सहर नै अचल बनेको थियो। 


फूलपाती शोभायात्रामा उपस्थित सम्पूर्ण कालेबुङवासी विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू,जातीय विकास बोर्डका प्रतिनिधिहरू,विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू लगायत सम्पूर्णलाई आयोजक समितिको पक्षबाट गोजमुमो कालेबुङ जिल्ला समिति प्रवक्ता भुवन खनालले धन्यवाद दिए। 

फूलपाती शोभायात्रा कार्यक्रमले जातीय एकतालाई झल्काएको तथा यस कार्यक्रमले सांस्कृतिक महत्त्वलाई दर्शाएको भन्दै तिनले कार्यक्रमा सहभागी विभिन्न विकास बोर्डका प्रतिनिधिहरू एवम् दलका विभिन्न समष्टिका प्रतिनिधि एवम् कार्यकर्ताहरू,चालक महासंघ,हिल तराई प्राथमिक शिक्षक संगठन,भोलिन्टियर टिचर्स अर्गनाइजेसनका प्रतिनिधि लगायत विभिन्न भातृ सङ्गठनका प्रतिनिधि एवम् सदस्यहरूलाई धन्यवाद दिए।

No comments:

Post a Comment

Post Bottom Ad