कालेबुङको बाल सुरक्षा अभियान ‘बेस्ट चाइल्ड केयर इन्स्टिट्युसन अवार्ड -2020’ ले सम्मानित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 20, 2020

कालेबुङको बाल सुरक्षा अभियान ‘बेस्ट चाइल्ड केयर इन्स्टिट्युसन अवार्ड -2020’ ले सम्मानित

 गफसफ.com, 20 नोभेम्बर 2020, कालेबुङ ।

कालेबुङको बाल सुरक्षा अभियानलाई पश्चिम बङ्गाल बाल अधिकार संरक्षण आयोगद्वारा पश्चिम बङ्गाल राज्यमा नै उत्कृष्ट शिशु आवारा केन्द्र घोषिणा गरिएको छ। राज्यमा नै उत्कृष्ट शिशु आवारा केन्द्र बन्न सक्षम बनेको बाल सुरक्षा अभियानलाई आज कोलकोतामा आयोजित कार्यक्रममा ‘बेस्ट चाइल्ड केयर इन्स्टिट्युसन अवार्ड -2020’ प्रदान गरेर सम्मान गरेको छ।


अन्तराष्ट्रिय बाल दिवसको अवसरमा आयोजित एक कार्यक्रममा महिला अनि शिशु विकास एवम् सामाजिक कल्याण मन्त्री डा. शशी पञ्जाको बाहुलीबाट  प्रमाणपत्र सँगै पचास हजार नगद राशी प्रदान गरि सम्मान जनाएको छ। 


पश्चिम बङ्गाल राज्यमा नै उत्कृष्ट शिशु आवारा केन्द्र बन्न सक्षम भएको बाल सुरक्षा अभियानको पक्षबाट सिस्टर क्लारेटले कार्यक्रममा प्रमाणपत्र सँगै नगद राशी ग्रहण गरेकी छन्।


No comments:

Post a Comment

Post Bottom Ad