फूलपाती महोत्सव समितिद्वारा विशिष्ट व्यक्तित्वहरूलाई सम्मान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, October 23, 2020

फूलपाती महोत्सव समितिद्वारा विशिष्ट व्यक्तित्वहरूलाई सम्मान

गफसफ.com, कालेबुङ २३ अक्टोबर २०२० 

फूलपाती महोत्सव समितिले विशिष्ट व्यक्तिहरूलाई सम्मान जनाएको छ। कालेबुङमा आज आयोजित फूलपाती शोभायात्रा कार्यक्रममा उक्त सम्मान जनाइएको हो। कोरोनाको महामारीको अवस्थामा आयोजना गरिएको फूलपाती शोभायात्रामा मानिसहरूले उत्साहजनक उपस्थिति रहेको थियो। जातीय संस्कृतिलाई पालन गर्न मानिसहरू उत्तिकै उत्साहका साथमा शोभायात्रामा सहभागी बनेका थिए। 


भव्य शोभायात्रापछी कार्यक्रममा पाँचजना विशिष्ट व्यक्तित्वहरूलाई मेलाटारमा सम्मान पनि जनाइयो। शिक्षा रत्न पुरस्कारले सम्मानित प्रधान अध्यापिका सामृकित पान्लुक, वरिष्ठ संगीतकार योगेन्द्र घतानी, वरिष्ठ लोक कलाकार राजेन गुरूङ, कृषि उद्यमी यौवन लेप्चा अनि साहसिक व्यक्तित्व शान्ति राईलाई फूलपाती महोत्सव समिति कालेबुङको तर्फबाट अध्यक्ष भुवन पी. खनाल अनि सचिव दिपेश घतानीद्वारा हस्ताक्षरित सम्मान पत्र प्रदान गरियो। उनीहरूले आआफ्नो क्षेत्रमा दिएको योगदानका निम्ति सम्मान जनाइएको हो।


विभिन्न विकास बोर्डका अध्यक्ष, उपाध्यक्ष, पदाधिकारीहरू तथा पार्टीका शीर्ष नेतृत्वहरूको उपस्थितिमा भएको यस कार्यक्रममा विकास बोर्डका अध्यक्षहरू ल्याङसोङ ताम्साङ, सञ्जय मोक्तान, नवीन थापा मंगर, के. बी. बराइली, गोजमुमो कालेबुङ जिल्ला कार्यकारी अध्यक्ष रोशन राई र युवा मोर्चा अध्यक्ष बिदुर राईको बाहुलीबाट दोशल्ला पहिराएर सम्मान पत्र प्रदान गरियो। कार्यक्रमको सञ्चालन फूलपाती महोत्सव समितिका अध्यक्ष भुवन पी. खनालले गरेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad