2021 को विधानसभा चुनाव अघि विमल गुरुङ तृणमूलको शरणमा : भने -“ममता ब्यानर्जीलाई तेस्रोपल्ट मुख्यमन्त्री बनाउनेछौँ ” - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, October 21, 2020

2021 को विधानसभा चुनाव अघि विमल गुरुङ तृणमूलको शरणमा : भने -“ममता ब्यानर्जीलाई तेस्रोपल्ट मुख्यमन्त्री बनाउनेछौँ ”

गफसफ.com, 17 जुलाई 2020, कालेबुङ ।

जातीय अस्मिताको आन्दोलन लडीरहेको दाबी गर्ने विमल गुरुङ आखिरमा ममता ब्यानर्जीकै शरणामा पुगेका छन्। तीनवर्ष अघि दार्जीलिङबाट भूमिगत बनेका विमल गुरुङ आज एकाएक कोलकोतामा पत्रकार सम्मेलन गर्न सार्वजनिक रूपले पहिलोपल्ट निस्किए। उनको पत्रकार सम्मेलन हुनभन्दा अघि विमल गुटका महासचिव रोशन गिरी लगायत पार्टीका शिर्ष नेताहरूले राज्य सरकारका प्रतिनिधीवर्गसँग वैठक समेत गरेको सुत्रले बताएको छ।


कोलकोताको सल्टलेक स्थित गोर्खा भवनमा पत्रकार सम्मेलन गर्न पुगेका विमल गुरुङले गोर्खा भवनमा पत्रकार सम्मेलन गर्न भने पाएनन्। गोर्खा भवनमा पत्रकार सम्मेलन गर्न नपाए पनि उनले एक होटलमा पछिबाट पत्रकार सम्मेलन आयोजना गरे।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा गोजमुमो संस्थापक अध्यक्ष विमल गुरुङले भारतीय जनता पार्टीसँग सम्बन्ध तोडेको पनि घोषणा गरे। हामी हाम्रो माग गोर्खाल्याण्डलाई जारी राख्छौँ अनि आगामी 2024 मा हुने लोकसभा चुनावमा जसले हाम्रो माग गोर्खाल्याण्डलाई समर्थन गर्छ सोहि दललाई नै समर्थन गर्नेछौँविमल गुरुङले भने।

उनले पत्रकार सम्मेलनमा भाजपाले केवल अहिलेसम्म आश्वासन मात्र दिएको दाबी गर्दै उक्त आश्वासन पुरा नगरेकोमा आक्रोश व्यक्त गर्दै आगामी 2021 को विधानसभा चुनावमा भाजपालाई जवाब दिने पनि स्पष्ट पारेका छन्।

12 वर्ष बितिसक्यो तर प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहले घोषणा गरेको पर्मनेन्ट पोलिटिकल सल्युसन अनि एघार जातिलाई जनजाति बनाउने मुद्दा अहिलेसम्म पुरा गरेका छैनन्। यता एघार जातिको मुद्दालाई ममता ब्यानर्जीले भने अगावै राज्यबाट केन्द्रमा पठाइसकेको छ। पर्मनेन्ट पोलिटिकल सल्युसनको मुद्दामा हामीलाई केवल आश्वासन मात्र दिने कार्य गर्योअ। 

उनले पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा भाजपाले केवल झूटो आश्वासन मात्र दिएकै कारण आफुहरू भाजपाबाट अलग्गिएको पनि स्पष्ट पारेका छन्। पछिल्लो तीनवर्षसम्म मैले बिस्थापित जीवन बिताउँदै बङ्गाल र केन्द्रको कार्यहरू सबै देखे। यतिका वर्षसम्म भाजपाले गरेको कुनैपनि घोषणा पुरा भएन तर, मुख्यमन्त्री ममता ब्यानर्जीले गरेको सबै घोषणाहरू पुरा गरेकी छन्। यसैकारण म गर्वसँग एनडीए अनि भाजपासँग आजदेखि हामी अलग भएको घोषणा गर्दछु। यसको साथै आगामी 2021 को बिधानसभा चुनावमा हामी तृणमूल कङ्ग्रेससँग मिलेर लड्नेछौँ अनि भाजपालाई  यसको जवाब दिनेछौँविमल गुरुङले अझ भने – “उत्तर बङ्गालमा हामी परिश्रम गरेर ममता ब्यानर्जीलाई तेस्रोपल्ट मुख्यमन्त्री बनाउनेछौँ।

No comments:

Post a Comment

Post Bottom Ad