दार्जीलिङको जङ्गल पसेको विमल गुरुङ कोलकोतामा तीनवर्षपछि निस्किए - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, October 21, 2020

दार्जीलिङको जङ्गल पसेको विमल गुरुङ कोलकोतामा तीनवर्षपछि निस्किए

गफसफ.com, 21 अक्टोबर 2020, कालेबुङ । 

 तीनवर्ष अघि दार्जीलिङको पातलेबास क्षेत्रबाट जङ्गल पसेका विमल गुरुङ आज कोलकोता शहरमा एकाएक निस्किए। आजभन्दा ठिक तीनवर्ष अघि सन् 2017 मा  चलेको गोर्खाल्याण्ड आन्दोलनको क्रममा गोजमुमो संस्थापक अध्यक्ष विमल गुरुङ एकाएक भूमिगत भएका थिए। जातिको उन्मुक्तिको निम्ति आफु गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँडै जङ्गल पसेको दाबी गर्ने विमल गुरुङ आखिरमा तीनवर्ष अपछि आज कोलकोतामा निस्केका छन्। 


जङ्गल पसेका विमल गुरुङ भूमिगत भएयता सार्वजनिक रूपले निस्केका थिएनन्। समय समयमा उनको भिडियो सन्देश आउने गरे पनि त्यस भिडियो सन्देशमा पनि उनको स्थान सार्वजनिक गरिने गरेको थिएन। सन् 2017 मा चलेको गोर्खाल्याण्ड आन्दोलनको क्रममा उनीमाथि राष्ट्रद्रोह जस्ता मुद्दाहरू लागेपछि उनको खोजि अभियानमा पुलिस सक्रिय बनेको थियो।

बङ्गाल सरकार अनि पुलिसले प्रशासनको छारो बनेका विमल गुरुङ आज एकाएक कोलकोता महानगरीमा निस्केका हुन्। उनी कोलकोताको सल्टलेक स्थित गोखा भवनमा पत्रकार सम्मेलन गर्नका निम्ति पुगेका थिए।

भूमिगत अवस्थामा बसेका विमल गुरुङ कोलकोतामा पत्रकार सम्मेलन गर्नलाई पुग्न भन्दा अगावै महासचिव रोशन गिरी लगायत पार्टीका शिर्षल नेताहरूले राज्य सरकारका अधिकारीवर्गसँग वैठक गरेको सुत्रले बताएका छन्। राज्य सरकारसँगकै सहमति बनेको कारण नै जङ्गल पसेका विमल गुरुङ एकाएक कोलकोता महानगरीमा तीनवर्ष अघि निस्कन सकेको पनि सुत्रले दाबी गरेका छन्।

स्मरण रहोस्, गोजमुमो पार्टीका संस्थापक अध्यक्ष विमल गुरुङ  पहाड फर्कनाका निम्ति धेरै अघिदेखि प्रयासरत रहेका छन्। भारतीय जनता पार्टीले गोर्खाल्याण्डको मुद्दालाई लामो समयदेखि सम्बोधन नगरेको कारण अनि एघार जात गोष्ठिलाई जनजातिको मान्यता नदिए पछि केहि समययता विमल समुहका सबै भाजपा प्रति रूष्ट रहेका छन्। यस्तो अव्स्थामा विमल समुहका शिर्षस्थ नेताहरूले पश्चिम बङ्गाल सरकारका अधिकारी अनि तृणमूल कङ्ग्रेसका नेताहरूसँग लगातार वैठक गरेको सुत्रको दाबी छ। केहि समय अघि मात्रै एउटा बङ्गला दैनिक समाचारमा विमल गुरुङहरू तृणमूलको समर्थनमा घर फर्कने जस्ता खबर प्रकाश आएको थियो। यस्तो अवस्थामा दार्जीलिङबाट जङ्गल पसेका विमल गुरुङ कोलकोता शहरमा पत्रकार सम्मेलन गर्नका निम्ति देखा परेको घट्नाले मुख्यमन्त्री ममता ब्यानर्जीको आशिर्वाद उनलाई परेको सम्भावना स्पष्ट बनेको छ।

 

No comments:

Post a Comment

Post Bottom Ad