कोरोना भाइरसको बड्दो सङ्रक्रमण : 9 जुलाईदेखि कन्टेनमेन जोनमा कठोररूपले बन्द हुने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, July 7, 2020

कोरोना भाइरसको बड्दो सङ्रक्रमण : 9 जुलाईदेखि कन्टेनमेन जोनमा कठोररूपले बन्द हुने

गफसफ.com, 7 जुलाई 2020, कालेबुङ ।

कोरोना भाइरसको बड्दो सङ्रक्रमणलाई ध्यानमा राख्दै पश्चिम बङ्गाल सरकारले कन्टेनमेन जोनमा कठोर बन्द रहने निर्देश जारी गरेको छ। आगामी 9 जुलाई बिहिबारका दिनदेखि उक्त निर्देश लागु हुने भएको छ। पश्चिम बङ्गाल सरकारको इन्फोर्समेन्ट टास्क फोर्सका अतिरिक्त मुख्य सचिव एवम् अध्यक्ष अलपन बन्धोपाध्यले यसबारे सम्पूर्ण जिल्ला अधिकारीवर्गलाई आदेश जारी गरेका छन्। 

राज्यमा कोरोना भाइरसको सङ्क्रमण दिनदिनै बडोत्तरी भइरहेको अवस्थामा सरकारले उक्त निर्णय लिएको हो। अब उसो केन्टेनमेन जोन घोषणा गरिएको ठाउँमा सरकारले सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयहरू पूर्णरूपले बन्द राख्नुपर्ने निर्देश दिएको छ। यसका साथै अनावश्यकीय कार्य, यातायात सेवा, बजार व्यवस्था आदि पनि कडारूपले बन्द राख्नुपर्ने निर्देश दिएको छ।

कन्टेमेन क्षेत्रका बासिन्दाहरूलाई सरकारी अथवा गैरसरकारी कार्यलयहरूमा जानका निम्ति अनुमति दिने अथवा नदिन पनि सक्नेछन्। यति उनीहरूलाई बाहिर कन्टेनमेन जोनबाट बाहिर जाने अनुमति दिएको खण्डमा बाहिर जाँदा अनि फर्कन्दा कडारूपले निगरानी राख्ने पनि दिशानिर्देश दिइएको छ। यसक्रममा क्षेत्रीय व्यवस्थाहरूले उक्त कन्टेनमेन जोन घोषित ठाउँमा होम डेलिभरीको व्यवस्था गर्ने बताइएको छ। यसबिषयमा जिल्ला अधिकारीले पुलिस अधिक्षकसँग परिचर्चा गरेर कार्वाही गर्नुपर्ने बताइएको छ। 

No comments:

Post a Comment

Post Bottom Ad