सांसद राजु विष्टको भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेट; ११ गोर्खा समुदायहरूलाई अनुसूचित जनजाति मान्यता दिने पहल सुरु भइसकेको दावी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, July 7, 2020

सांसद राजु विष्टको भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेट; ११ गोर्खा समुदायहरूलाई अनुसूचित जनजाति मान्यता दिने पहल सुरु भइसकेको दावी

गफसफ.com, 7 जुलाई 2020, कालेबुङ ।

दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्टले भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट गरेका छन्\ उक्त भेटघाटको क्रममा सांसद विष्टले दार्जीलिङ पहाड, तराई, र डुवर्ससित सम्बन्धित विभिन्न विषयहरूमाथि छलफल गर्ने अवसर पाएको बताएका छन्। ‘बैठकको दौरान, माननीय अध्यक्षज्यूलाई मैले दार्जीलिङ निर्वाचन क्षेत्रका जनताले कोभिड-१९ विश्वव्यापी महामारीले गर्दा भोग्नु परेका समस्याहरू तथा हाम्रो क्षेत्रका विभिन्न सामाजिक-राजनीतिक मामिलाहरूबारे ताजा जानकारीहरू दिएँ’ सांसद विष्टले भनेका छन्।

यसक्रममा उनले बङ्गाल सरकारले दार्जीलिङ पहाड, तराई-डिवर्सका मानिसहरू प्रति भेदभावपूर्ण नीति अप्नाएको आरोप समेत लगाएका छन्। ‘दार्जीलिङ्ग पहाड, तराई र डुअर्स विविध संसाधनहरूले समृद्ध र हाम्रो देशका सबैभन्दा धेरै समृद्ध एवम्‌ शान्तिपूर्ण क्षेत्रहरूमध्ये एक बन्न सक्ने क्षमता भएतापनि आज पश्चिम बङ्गाल सरकारका भेदभावपूर्ण एवम्‌ गलत नीतिहरू जारी रहनाले संकटग्रस्त अवस्थामा छन्‌’ सांसद राजु विष्टले भनेका छन्। 

उनले भाजपा राष्ट्रीय अध्यक्ष नड्डासँग भएको भेटघाटको क्रममा स्थायी राजनैतिक समाधान र गोर्खा समुदायका एघार जात गोष्ठिलाई जनजातिको मान्यता दिने चुनावी संकल्प पत्रमा उल्लेखित मुद्दाबारे अवगत गराएको पनि जानकारी दिएका छन्। यसका साथै अहिलेसम्म घरविहिन बनेर युवाहरूको सुरक्षा सम्बन्धि अनि चर्चा गरेको दाबी गरेका छन्।

‘हाम्रा जनताका लामो समयदेखि पूरा हुन नसकेका मागहरूको स्थायी राजनीतिक समाधान गरिनु हाम्रो देशको राष्ट्रिय सुरक्षाको दृष्टिले कति महत्त्वपूर्ण छ भन्ने कुरोमाथि मैले जोड दिएँ। सिमानापारीबाट अवैध घुसपैठ रोक्नु र महत्त्वपूर्ण चिकेन-नेक क्षेत्रमा हाम्रा सिमानाहरूलाई सुरक्षित राखु अत्यन्तै जरुरी छ। यहाँ राजनीतिक स्थिरताको कारण समग्र क्षेत्र राजनीतिक मनपरीको शिकार बनेको छ अनि विकास तथा आर्थिक प्रगतिको हिसाबले बाँकी राष्ट्रभन्दा पछाडि परेको छ। स्थायी राजनीतिक समाधान खोज्ने प्रक्रियालाई तीव्रता प्रदान गर्न जतिसक्दो चाँडो सम्बन्धित पक्षकारहरूसित वार्तालाप थाल्न गैले अनुरोध गरेको छु’ राजु विष्टले भनेका छन्।

उक्त भेटघाटमा भाजपा राष्टिय अध्यक्ष जेपी नड्डाले सांसद विष्टलाई ११ गोर्खा समुदायहरूलाई अनुसूचित जनजातिको रूपमा सामेल गर्ने प्रक्रिया पहिलेनै शुरु गरिसकिएको जानकारी दिएको दाबी गरेका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad