राष्ट्रिय राजमार्ग 10 अन्तर्गत 29 माइल पैह्रोले बाटो बन्द, बाटोमा वाहनहरूको लाग्यो जाम - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, July 6, 2020

राष्ट्रिय राजमार्ग 10 अन्तर्गत 29 माइल पैह्रोले बाटो बन्द, बाटोमा वाहनहरूको लाग्यो जाम

गफसफ.com, 7 जुलाई 2020, कालेबुङ ।

राती परेको अविरल पानीले राष्टिय राजमार्ग 10 अन्तर्गत 29 माइल नजिक माथीबाट पैह्रो सोह्रिएर आएको कारण यातायात ठप्प भएको छ। माथिबाट धेरै मात्रमा सोह्रिएर आएको लेदो माटो सडकमा थुप्रिएपछि बाटो पूर्णरूपले बन्द भएको छ। जसको कारण अहिलेघरी उक्त स्थानमा वाहनहरूको जाम लागेको छ।

राजमार्गमा यातायात ठप्प भएपछि यता विभागले बिहानैदेखि जेसीभी लगाएर उक्त पैह्रो सोहर्ने कार्य जारी राखेको छ। पैह्रोको कारण बाटो बन्द भएर जाममा फसेर समस्या भोग्न परिरहेका यात्रीहरूलाई विभागले राहत दिनका निम्ति तत्काल एकतर्फी यातायातको सुचारू गर्न कार्य द्रुत गतिका गरिरहेको छ। यद्यपी समाचार लेखुञ्जेलसम्म भने यातायात सुचारू बन्न सकेको छैन भने चाँढै बाटो खुल्न सक्ने सम्भावना रहेको छ।


भिडियो हेर्नुहोस्... 

No comments:

Post a Comment

Post Bottom Ad