सांसद राजु विष्ट – अध्यक्ष जेपी नड्डा भेटघाट : चुनावनी पोलिटिकल स्टन्ट रहेको विनय तामाङको आरोप - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, July 7, 2020

सांसद राजु विष्ट – अध्यक्ष जेपी नड्डा भेटघाट : चुनावनी पोलिटिकल स्टन्ट रहेको विनय तामाङको आरोप

गफसफ.com, 7 जुलाई 2020, दार्जीलिङ ।

सांसद राजु विष्टले भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेट गरेर गोर्खा समुदायका एघार जात गोष्ठिलाए जनजातिको मान्यता प्रदान गर्ने कार्य सुरु भइसकेको दाबी गरेपछि यता गोजमुमो अध्यक्ष विअय तामङले प्रतिक्रिया जनाएका छन्। उक्त उक्त भेटघाट र आश्वासन केवल चुनावी स्टन्ट मात्र रहेको आरोप लगाएका छन्।

‘तपाईँ पहाडको सांसद भएको नातामा स्थायी राजनैतिक समाधानको कुरा गर्नु हुँदैछ। तर विश्व भरी छरिएर बसेका गोर्खाको निम्ति, दार्जीलिङ, तराई अनि डुवार्सको गोर्खाको निम्ति अनि भारतीय गोर्खाको निम्ति स्थायी राजनैतिक समाधान भनेको अलग राज्य गोर्खाल्याण्ड मात्र हो। दुर्भाग्यको कुरा तपाईँ सांसदको मुख बाट गोर्खाल्याण्ड शब्द अहिले सम्म उच्चारण सम्म भएको छैन। आजको ज्ञापन अनि विज्ञप्तिमा पनि गोर्खाल्याण्ड शब्द छैन। गोर्खाल्याण्ड शब्द नलेख्नुमा तपाँईलाई के आपत्ति छ? कहाँ अड्चन छ? कहाँ बाधा छ? तपाईँबाट म स्पष्टीकरण माग्दछु’ विनय तामङले भनेका छन्।

यसक्रममा सांसद विष्टले ११ जात गोष्टिलाई जनजातिको मान्यता दिने सन्दर्भमा उठाएको मुद्दाबारे पनि तामङले प्रतिक्रिया गरेका छन्। ‘तपाईँले फेरि ११ जनजातिको मुद्दा उठाउनु भयो। तपाईँलाई थाहा हुनु पर्ने RGI ले जनजाति विषय जुन मोडालिटीको कुरा गरेको छ, अनि जसको आधारमा एउटा जाति छुट्टिएको छ, ज्ञापन चढाउनु अघि तपाईँले RGI मा गएर जनजाति दिलाउने विषयमा जुन मोडालिटी चाहिन्छ त्यो मोडालिटी विषय कुरा गरेको भए असल हुनेथ्यो’ विनय तामङले भनेका छन्।

यसक्रममा ११ जनजातीको मुद्दा, स्थायी राजनैतिक समाधानको मुद्दाको याद सांसदलाई चुनाव नजिक मात्र आउने गरेको पनि तामङले आरोप लगाएका छन्। ‘आजको विज्ञप्तिमा पनि आश्वासनको कुरा मात्र छ। सांसद ज्यूले भन्नु पर्‍यो यी मुद्दाहरु माथि ठोस काम चाहिँ के भएको छ?’ तामङले प्रश्न तेर्साएका छन्।

पहाडमा संत्रासको माहोल छ भन्ने सांसद राजु विष्टले आरोपलाई पनि तामङले खण्डन गरेका छन्। यसक्रममा उनले उल्टै सन्त्रासको माहौल त भाजपाले बनाउने प्रयास गरिरहेको छ भनेका छन्। यसक्रममा दार्जीलिङ संसदीय क्षेत्रले सांसद राजु विष्टबाट केही उपलब्धि पाएको छैन भनि विनय तामङले आरोप लगाएका छन्।

‘स्वास्थ्य सेवा ठीक छैन् भनेर गुनासो पोख्नु सांसदको काम हो कि ठीक नभएको सेवालाई कसरी ठीक पार्नु, सांसदले सोच्नु पर्ने होइन? अनित थापाले सानो प्रशासनबाट पनि त्रिवेणी जस्तो कोविद अस्पताल स्थापना गर्नु भयो। सांसदले जाबो एउटा टेस्टिङ ल्याब ल्याउनु नसक्ने?’ तामङले प्रश्न गरेका छन्।

यसक्रममा उक्त भेटघाट २०२१ चुनावको पोलिटिकल स्टन्टको निम्ति जुन क्रियाकलाप तपाईँ गर्नु हुँदैछ, यसैको सानो स्टन्ट तपाईँको जे पी नड्डा संगको भेटवार्ता हो भनि विनय तामङले आरोप लगाएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad