दार्जीलिङ जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या ५ सय पार, कालेबुङमा पुग्यो ५५ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, July 2, 2020

दार्जीलिङ जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या ५ सय पार, कालेबुङमा पुग्यो ५५

गफसफ.com, 2 जुलाई 2020, कालेबुङ ।

कोरोना भाइरसले पछिल्लो 24 घण्टामा पश्चिम बङ्गाल राज्यमा रेकर्ड 649 जना मानिसहरू सङ्क्रमित भएका छन्। राज्यको स्वास्थ एवम् परिवार कल्याण विभागद्वारा जारी हेल्थ बुलेटिनमा यसबारे आधिकारिक पुष्टि गरेको छ। यससँगै पश्चिम बङ्गाल राज्यमा अहिलेसम्म 19 हजार 819 जना कोरोना सङ्क्रमित भएका छन् भने अहिलेसम्म 699 जना मानिसहरूको मृत्यु भएको छ। यो खत्रानक सङ्क्रमणबाट अहिलेसम्म 13 हजार 37 जना मानिसहरू स्वस्थ्य भएका छन् भने 6 हजार 83 जना मानिसहरूमा उक्त भाइरसको सङ्क्रमण सक्रिय रहेको छ।

दार्जीलिङ जिल्ला –

दार्जीलिङ जिल्लामा पछिल्लो 24 घण्टामा 33 जना मानिसहरू कोरोना सङ्क्रमित भएका छन्। यससँगै दार्जीलिङ जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या बडेर पाँचसय पार गरेको छ। दार्जीलिङ जिल्लामा अहिलेसम्म मोठ 528 जना मानिसहरू कोरोना सङ्क्रमित भएका छन् भने 217 जना मानिसहरूमा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ। दार्जीलिङ जिल्लामा अहिलेसम्म 301 जना मानिसहरू अस्पतालबाट स्वस्थ भएर घर फर्किसकेका छन् भने अहिलेसम्म 10 जनाको मृत्यु भइसकेको छ।

दार्जीलिङ जिल्लाको विशेष गरेर सिलगडी महकुमा क्षेत्रमा अहिलेघरी कोरोना भाइरसको सङ्क्रमण दैनिक रूपले वृद्धि भइरहेको छ। जसको कारण प्रशासनको टाउको दुखाई भएको छ। देशव्यापी चलेको लकडाउनलाई सरकारले ढिल्याई दिँदै अनलक प्रक्रिया सुरु भएसँगै बजारहरू खुल्ला हुनका साथै रेल सेवा र हवाई सेवा सुरु भएर मानिसहरूको आवगमन बडेसँगै सिलगडीमा कोरोनाको सङ्क्रमण दैनिक वृद्धि भइरहेको छ। यसका साथै सरकारले अनलक प्रक्रिया सुरु गरेदेखि नै पहाडमा पनि बाहिरबाट मानिसहरूको आगमनसँगै यो भाइरसले सङ्क्रमितहरूको सङ्ख्या वृद्धि भइरहेको छ।

कालेबुङ जिल्ला –

कालेबुङ जिल्लामा पनि पछिल्लो 24 घण्टामा कोरोना सङ्क्रमित 2 जना भेट्टाइएको छ। राज्य सरकारले जारी गरेको हेल्थ बुलेटिनमा यसबारे पुष्टि गरिएको छ। अघिल्लो तीनदिनसम्म कालेबुङ जिल्लामा कोरोना सङ्क्रमित भेटिएको थिएन भने पछिल्लो 48 घण्टामा 3 जना मानिसहरूमा भाइरसको सङ्क्रमण भेट्टाइएको हो। उनीहरूको जाँच रिपोर्ट पोजेटिभ आउनसाथै प्रशासनले उपचारको निम्ति कोभिड अस्पतालमा भर्ना गरेको छ। यससँगै कालेबुङ जिल्लामा कोरोना सङ्क्रमित मानिसहरूको सङ्ख्या बडे 55 पुगेको छ भने 6 जनामा यो भाइरसको सङ्क्रमण सक्रिय रहेको छ।

No comments:

Post a Comment

Post Bottom Ad