जीटीएद्वारा निर्मित त्रिवेणी अस्पतालको औपचारिक उद्घाटन : अनित थापाले भने – ‘त्रिवेणी अस्पताल जीटीएले छोटो समयमा ल्याएको ठूलो उपलब्धी हो’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, June 21, 2020

जीटीएद्वारा निर्मित त्रिवेणी अस्पतालको औपचारिक उद्घाटन : अनित थापाले भने – ‘त्रिवेणी अस्पताल जीटीएले छोटो समयमा ल्याएको ठूलो उपलब्धी हो’

गफसफ.com, 22 जुन 2020, कालेबुङ ।

पहाडमा कोरोना भाइरसको सङ्क्रमण वृद्धि हुने सम्भावना बडेपछि जीटीएले पहाडमा कोभिड सङ्क्रमितहरूको उपचार गर्न निर्माण गरेको त्रिवेणी अस्पतालको आज औपचारिक उद्घाटन गरिएको छ। जीटीएले कोभिड सङ्क्रमितहरूको उपचार्थ अस्पताल निर्माण गर्ने प्रस्तावपछि पश्चिम बङ्गाल सरकारले तत्कालै स्वीकृति दिएपछि उक्त अस्पताल छोटो समयमा निर्माण हुन सम्भव भएको छ।

जीटीएको पहलमा पहाडवासीको निम्ति निर्माण भएको त्रिवेणी अस्पतालको आज औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए बोर्ड अध्यक्ष अनित थापाले छोटो समयमा जीटीएले एउटा ठूलो उपलब्धी हासिल गर्न सकेको बताएका छन्। ‘त्रिवेणी अस्पताल जीटीएले छोटो समयमा पुरा गरेको ठूलो उपलब्धी हो। यो हामी सम्पूर्ण पहाडवासीको उपलब्धी हो। यसको चारैतिर हामीले सुनाम फैलाउनुपर्छ’ जीटीए अध्यक्ष अनित थापाले भने।

उनले उक्त अस्पताल निर्माण कार्य मुख्यमन्त्री ममता ब्यानर्जीको सहयोग बिना सम्भव नरहेको भन्दै जीटीएको पहलमा मुख्यमन्त्रीले सहयोग गरेकै कारण आज यो उपलब्धी ल्याउन सकेको पनि बताए। यसको निम्ति उनले ममता ब्यानर्जीलाई खुलेर आभार व्यक्त गरे। यसैक्रममा उनले जीटीए पूर्व अध्यक्ष विनय तामाङ, राज्यसभा सांसद शान्ता छेत्री, जीटीए मुख्य सचिव सुरेन्द्र गुप्त लगायत पहाडका प्रशासनिक अधिकारीवर्गलाई पनि उक्त कार्यको निम्ति आभार प्रकट गरेका छन्।

‘हामीले छोटो समयमा राम्रो काम गर्ने प्रयास गरेका थियौँ जुन कार्यमा हामी सफल भयौँ। यो हामीले काम गर्न सकेको एउटा उदाहरण हो’ अनित थापाले भने।

उनले पहाडमा जुनदेखि कोरोना भाइरसको समस्या आयो त्यसै दिनदेखी जीटीएले जनताको हितमा सबैसँग मिलेर कार्य गरिरहेको बताउँदै सबैको सहयोग र प्रयासमा नै आफुहरूले पहाडलाई बँचाउन धेरै सफल पनि भएको बताए। ‘यहाँ सबै प्रकारको जाँच हुन्छ। डाइलेसिस पनि हुन्छ। हामीसँग जाँच गर्ने मसिन पनि आउनेछ’ अनित थापाले भने।

उनले कोरोना भाइरसले आफुहरूलाई ठूलो शिक्षा समेत दिएका बताएका छन्। ‘हामीलाई भाइरसले एक भएर हामीले हाम्रो ठाउँलाई अघि बडाउन सक्छौँ भन्ने पाठ सिकाएको छ। भविष्यमा पनि हामीले हाम्रो ठाउँलाई अघि बडाएर लानुपर्नेछ। जीटीएलाई हामीले अघि बडाउनुपर्नेरैछ भन्ने सबैले बोध गरेका छन्’ थापाले भने।

उनले सम्बोधनको क्रममा आफुहरूलाई कसैसँग दुश्मनी लिनु छैन भन्दै सबै मिलेर पहाडलाई राम्रो बनाउन एकवद्ध हुने आह्वान पनि गरे। ‘हामीले हाम्रो ठाउँ मिलेर अघि बडाउनुपर्छ। सबैजना एक बनेर अघि बड्नुपर्छ। त्रिवेणी अस्पताल जीटीएको गुणगाण हो। हामीले हाम्रो अस्पतालको सुनाम फैलाउनुपर्छ। आज हामी एक भएकै कारण यो कार्य छोटो समयमा पुरा गर्न सक्षम भएका छौँ भने आगामी दिनमा अन्य राम्रो कार्य गर्न पनि सबै एक हुनपर्छ’ अनित थापाले भने।

उनले आफ्नो सम्बोधनमा अस्पतालका कर्मीहरूले आफ्नो ज्यान जोखिमला राखेर काम गरिरहेका भन्दै सबै अस्पतालका कर्मीहरूलाई धन्यवाद दिएका छन्। ‘आज अस्पतालका कर्मीहरूनै हाम्रा सेनाहरू हुन्। उनीहरू सबै धन्यवादका पात्र छन्’ थापाले भने।

अर्कोतर्फ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जीटीए मुख्य सचिव सुरेन्द्र गुप्तले त्रिवेणी अस्पताललाई सरकारले भोभिड अस्पताल लेभल-2 को रूपमा मान्यता प्रदान गरेको स्पष्ट पारेका छन्। उनले यस अस्पतालको क्षमता 150 बेडको रहने अनि पछि आवश्यक्ता अनुसार कोभिड लेभल-3, अनि लेभल-4 सम्म बडोत्तरी गर्ने क्षमता रहेको पनि स्पष्ट पारेका छन्।

‘हामी जीवनको अत्यन्त्यै जटिल समयमा बाँचिरहेका छौँ। कोरोना भारतमा प्रवेश गरेपछि हामीले जीटीएको पक्षबाट यसको विरुद्ध लाड्नका निम्ति धेरै कार्य गर्‍यौँ। जीटीएको पक्षबाट पहाडमा हामीले त्रिवेणीमा अवस्थित यस पूर्वधारलाई अस्पतालमा परिणत गर्ने प्रयास गर्‍यौँ। जुन कार्य आज सफल भएको छ’ जीटीए मुख्य सचिव सुरेन्द्र गुप्तले भने।  यसक्रममा उनले जीटीए अध्यक्ष अनित थापाले जीटीए क्षेत्रका जनताको निम्ति महत्वपूर्ण कार्य गरिरहेको भन्दै खुलेर प्रशंसा पनि गरे।

No comments:

Post a Comment

Post Bottom Ad