सानिध्य थापाको ‘सानु आँखामा’ आधुनिक नेपाली गीत सार्वजनिक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, June 21, 2020

सानिध्य थापाको ‘सानु आँखामा’ आधुनिक नेपाली गीत सार्वजनिक

गफसफ.com, 22 जुन 2020, कालेबुङ ।

सानिध्य थापाको स्वरमा सानु आँखामा नयाँ आधुनिक नेपाली गीत सार्वजनिक भएको छ। प्रा. पुष्कर पराजुलीको शब्द अनि सङ्गीत रचना रहेको उक्त गीतमा गायिका स्नेहश्री थापाले पार्श्व स्वर दिएकी छन्। रोबिन छेत्रीद्वारा मिक्सिङ अनि दानिय गदालको संगीत संयोजन रहेको उक्त गीतमा नगेन्द्र गोर्खाले बाँसुरीको धुन भरेका छन् जसको जुधा प्लोस् म्युजिक स्टुडियो, सिलगढीमा रेकर्ड गरिएको हो। पल्लवी सिंघोकद्वारा तयार पारिएको उक्त लिरिकल भिडियोलाई सृजन ध्वनी नामक युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ।

गीत- शब्द पुष्कर पराजुली

सानु सानु आँखामा सानु संसार

तिमीसित हुन्छ हुन्न मेरो घरबार

माया सरर रेलैमा... बुझ बेलैमा।

 

सानु खोली ठुलो खोला

बग्ने आफ्नो आफ्नै चाला

माया सलल पानीमा... जिन्दगानीमा।

 

जालैमा हान्नु घुमाउने दह छट्पटी माछाको

के पर्नु भर दिन हेरी हेरी फेरिने बाचाको।

सानु सानु कुराले बेग्लो संसार

तिम्रा लागि सानु कुरा होला असार

माया सरर हावामा... जिउने धावामा।

 

कैले मेरो कैले तिम्रो

कैले हुने जीवन हाम्रो।

माया झरर झरीमा... मनको बारीमा।

 

माया सरर रेलैमा... बुझ बेलैमा।

माया सलल पानीमा... जिन्दगानीमा।

माया सरर हावामा... जिउने धावामा।

No comments:

Post a Comment

Post Bottom Ad