दुई महिनापछि कालेबुङ जिल्लाका दुई महिला कोरोना सङ्क्रमित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, June 2, 2020

दुई महिनापछि कालेबुङ जिल्लाका दुई महिला कोरोना सङ्क्रमित

गफसफ.com, 2 जुन 2020, कालेबुङ ।

कालेबुङ जिल्लामा पुन: कोरोना सङ्क्रमित भेट्टाइएको छ। दुई महिना पछि आज कालेबुङ जिल्ला अन्तर्गत निम्बोङ अनि समथार क्षेत्रका दुईजना महिलाहरू कोरोना सङ्क्रमित भएका छन्। कालेबुङ जिल्लाको सुदुरवर्ती क्षेत्र निम्बोङ निवासी 70 वर्षिय महिला रहेको अनि समथार निवासी 60 वर्षिय महिलालाई कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

दुवैजना सङ्क्रमित महिलाहरूको गत 23 मईका दिन नै स्वाब लिइएको थियो भने आज उनीहरू दुवैको रिपोर्ट पोजेटिभ आएको हो। निम्बोङ निवासी महिला केहिदिन अघि मात्रै दिल्लीबाट कालेबुङ आएकी थिइन् भने समथान निवासी महिलाको अहिलेसम्म यात्रा सम्बन्धी विवरण स्पष्ट हुन सकेको छैन। दुवैजनाको रिपोर्ट पोजेटिभ आएपछि यत्रा प्रशासन सक्रिय बनेको छ भने उनीहरूको सम्पर्कमा आएका मानिसहरू पत्तो लगाउने प्रयास सुरु गरिएको छ।


No comments:

Post a Comment

Post Bottom Ad