कोरोना सङ्क्रमण : दार्जीलिङ जिल्लामा मोठ 38 जना सङ्क्रमित; पछिल्लो 24 घण्टामा 11 जना सङ्क्रमित बनेको पुष्टि - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, June 2, 2020

कोरोना सङ्क्रमण : दार्जीलिङ जिल्लामा मोठ 38 जना सङ्क्रमित; पछिल्लो 24 घण्टामा 11 जना सङ्क्रमित बनेको पुष्टि

गफसफ.com, 2 जुन 2020, कालेबुङ ।

कोरोना भाइरस (कोभिड-19) को सङ्क्रमण दिन प्रतिदिन भारतमा बढीरहेको छ। यस्तो अवस्थामा पश्चिम बङ्गाल राज्यको दार्जीलिङ जिल्लामा पनि कोभिड-19 को सङ्क्रमण दिनोदिन वृद्धी भइरहेको छ। पश्चिम बङ्गाल सरकारको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रलायले जारी गरेको आजको रिपोर्ट अनुसार दार्जीलिङ जिल्लामा कोरोना सङ्क्रमित मानिसहरूको सङ्ख्या 38 जना पुगेको छ। जसमध्ये अहिले 28 जना बिरामीहरूमा कोरोना सक्रिय रहेको बताइएको छ। पछिल्लो 24 घण्टामा दार्जीलिङ जिल्लामा कोरोना सङ्क्रमितहरू 11 जना वृद्धि भएको पनि रिपोर्टमा उल्लेख गरेको छ।

पश्चिम बङ्गाल राज्यमा पछिल्लो 24 घण्टामा 396 मानिसहरूलाई कोरोना सङ्क्रमित भएपछि अहिलेसम्म राज्यमा मोठ 6,168 मानिसहरू कोरोना सङ्क्रमित बनिसकेको पनि रिपोर्टमा उल्लेख गरेको छ। जसमध्ये 2410 जना स्वस्थ भएका छन् भने 263 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा राज्यमा उक्त भाइरसको कारण 10 जनाको मृत्यु भएको छ भने 104 जना मानिसहरू स्वास्थ भएका छन्।

विश्वभरी नै आतङ्क मच्चाइरहेको कोरोना भाइरसले अहिलेसम्म दार्जीलिङ जिल्लाको खर्साङ नगरपालिका क्षेत्र अनि सुनदका मोठ 4 जना सङ्क्रमित भएका छन् भने मिरिक महकुमा क्षेत्रबाट पनि एकजनालाई सङ्क्रमणको पुष्टि भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad